असोज ३, धादिङ | दक्षिण कोरियाले बनाउन लागेको स्मार्ट सिटीमा धादिङ पनि छानिएको छ । दक्षिण कोरियाले नेपालका उत्कृष्ट छ वटा स्थानीय तहलाई ‘स्मार्ट सिटी’ बनाउने कार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, धादिङ | दक्षिण कोरियाले बनाउन लागेको स्मार्ट सिटीमा धादिङ पनि छानिएको छ । दक्षिण कोरियाले नेपालका उत्कृष्ट छ वटा स्थानीय तहलाई ‘स्मार्ट सिटी’ बनाउने कार्"/>
२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्मार्ट सिटीमा धादिङ पनि छानियो – दक्षिण कोरियाले सहयोग गर्ने

३ आश्विन २०७४, मंगलवार ०५:४१

असोज ३, धादिङ | दक्षिण कोरियाले बनाउन लागेको स्मार्ट सिटीमा धादिङ पनि छानिएको छ । दक्षिण कोरियाले नेपालका उत्कृष्ट छ वटा स्थानीय तहलाई ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने जनाएको छ । जसमा धादिङको नीलकण्ठ नगरपालिका पनि छनोट भएको हो । 

दक्षिण कोरियाको छनोटमा काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि सहयोग गर्ने भएको हो । छानिएका स्थानीय तहलाई चौतर्फीरुपमा स्मार्ट सिटीको रुपमा विकास गर्न विविध प्रकारले आर्थिक लगानीमार्फत कोरिया सरकारले सहयोग प्रदान गर्ने पक्का भएको छ । 

यसअनुसार बजार क्षेत्रलाई स्मार्ट सिटी सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोग गर्ने तत्परता देखाएको हो जसका लागि दक्षिण कोरियाले आर्थिक लगानीसमेत गर्न लागेको छ । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिकातर्फ काठमाडौँ र पोखरा रहेका छन् भने नगरपालिकातर्फ नवलपरासीको रामग्राम, धादिङको निलकण्ठ, काभ्रेको धुलिखेल र भक्तपुर गरेका छन् । दक्षिण कोरियाको राजधानी सोलमा गत भदौ २५ गतेदेखि २८ गतेसम्म आयोजित २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेयर्स फोरम कार्यक्रममा सोबारे जानकारी दिइएको थियो । 

छनोटमा परेका नेपालका छवटा स्थानीय तहलाई स्मार्ट सिटीको रुपमा दिगो विकासका लागि दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य