असोज ४, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिकाको पहिलो गाउँ सभाले साढे ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

संविधान दिवसको अवसरमा सोमबार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ४, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिकाको पहिलो गाउँ सभाले साढे ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

संविधान दिवसको अवसरमा सोमबार सम"/>

2026-10-18 11:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छथर गाँउपालिकाको बजेट साढे ३८ करोड,


असोज ४, तेह्रथुम । तेह्रथुमको छथर गाँउपालिकाको पहिलो गाउँ सभाले साढे ३८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

संविधान दिवसको अवसरमा सोमबार सम्पन्न गाउँ सभामा अध्यक्ष सन्तवीर लिम्बुले आर्थिक वर्ष २०७४÷०७५ कालागि ३८ करोड ५७ लाख ४ हजार ३ सय ३३ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । 

बजेटमा सडक तथा खानेपानीलाई उच्च प्राथमिकतामा राखिएको छ । भाद्र २८ गतेदेखि सुरु भएको गाउँ सभाले वार्षिक नीति तथा कार्यक्रमका साथै नेपाल सरकारबाट प्राप्त अनुदान, आन्तरिक आय र गैरसरकारी संस्थाहरुको कार्यक्रम समेत संलग्न गरेर बजेट सार्वजनिक गरेको हो । 

नीति तथा कार्यक्रममा बजेट तथा श्रोत पहिचान, कृषि बिकास, पशुपक्षी बिकास, नागरिकहरुको आयआर्जन, सामाजिक बिकासमा शिक्षा तथा खेलकुद बिकास, बिज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, गैरसरकारी संस्था सम्बन्धी कार्यक्रम रहेको प्रवक्ता राजन नेपालीले बताउनुभयो  । 

‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन र पुर्वाधार, समृद्ध छथर निर्माण गर्ने आधार’ भन्ने मुल नारासहित नीति तथा कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ । सार्वजनिक गरिएको बजेटमा आन्तरिक आयतर्फ १५ लाख, निःशर्त अनुदान १२ करोड ३१ लाख ९३ हजार, सशर्त अनुदान ११ करोड ४४ लाख ८१ हजार र गैरसरकारी कार्यक्रमतर्फ १३ करोड ६० लाख ३७ हजार रुपैयाँ बजेट रहेको छ । 

चालु आर्थिक वर्षका लागि गाउँपालिकाले सुख्खाग्रस्तमा मालपोत कर नलगाउने भएको छ । गाउँपालिकाले ४० प्रतिशत जनसहभागिता सहितको कृषि, पर्यटन, पुर्वाधार विकास र धार्मिक सांस्कृतिक स्थलको पहिचान र प्रवर्धनका कार्यक्रमलाई जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु