२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जेनजी’ आन्दोलनले ऐतिहासिक महत्त्वका तीन दरबारमा पूर्ण क्षति

३१ भाद्र २०८२, मंगलवार १७:५८

काठमाडौँ | यही भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा ऐतिहासिक महत्त्वका तीन दरबार आगलागीले पूर्ण क्षति भएको छ ।

एक सय वर्षभन्दा पुराना तीन दरबार शीतल निवास, सिंहदरबार र बबरमहल (सडक विभाग बसेको भवन) प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसार सम्पदास्थल भए पनि आन्दोलनका क्रममा जलेको छन् ।
पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही अभियानकर्मीले पुरातत्व विभागअघि सम्पदा क्षेत्रमा केही नगरौँ भनी बसेकाले जोगिए पनि यी तीन सम्पदा क्षतिग्रस्त भए । यीबाहेक धार्मिक एवं सांस्कृतिक सम्पदामा भने कुनै क्षति नभएको उहाँले सुनाउनुभयो ।

आन्दोलनकारीले पशुपति क्षेत्र विकास कोषको भौतिक सम्पत्तिमा भने धेरै क्षति गरेका छन् । कोषका १७ वटा दुई पाङ्ग्रे र २१ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको विवरण प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

पुरातत्व विभागका दुई वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति भएको छ । यसैगरी मन्त्रालयका दुई पाङ्ग्रे दुई र चार पाङ्ग्रे तीन वटा सवारीसाधनमा पूर्ण तथा दुई वटा दुई पाङ्ग्रे र सात वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति भएको उपाध्यायले बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा पूर्ण क्षति पुगेको छ । यसैगरी तीन वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको मन्त्रालयले तयार पारेको क्षति विवरणमा उल्लेख छ ।

यस्तै, नेपाल वायुसेवा निगमको एउटा दुई पाङ्ग्रे र छ वटा चार पाङ्ग्रेमा पूर्ण र १६ वटा चार पाङ्ग्रे सवारीसाधनमा आंशिक क्षति पुगेको छ । राष्ट्रिय अभिलेखालयको एउटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो