२ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

देउराली सोसाइटीको बजेट साढे नौ करोड

४ आश्विन २०७४, बुधबार ११:०४

प्रकाश धौलाकोटी। असोज ४, तेह्रथुम। तेह्रथुममा क्रियाशील गैर–सरकारी संस्था देउराली सोसाइटीले आर्थिक वर्ष २०७४÷०७५ का लागि झण्डै साढे नौ करोड रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाको २४ औँ साधारण सभा तथा १० औँ अबिधेशन बाट पारित गर्दै सोसाइटीले चालु आर्थिक वर्ष २०७४÷०७५ कालागि कुल ९ करोड ४८ लाख २९ हजार ६ सय ४७ रुपैयाँ बराबरको अनुमानित बजेटसहितका कार्यक्रम सार्वजनिक गरेको हो । 


जसमध्ये ५५ प्रतिशत अर्थात् ५ करोड ३५ लाख ४९ हजार २ सय रुपैयाँ समुदायमा प्रत्यक्ष रुपमा जानेछ । बाँकीमध्ये १४ प्रतिशत प्रशासनिक खर्च, २ प्रतिशत अनुगमन, ५ प्रतिशत संस्थागत विकास र २४ प्रतिशत कार्यक्रमिक खर्च गरिने संस्थाका महासचिव प्रेमचन्द्र निङ्लेकुले जानकारी दिए । कुल बजेटमध्ये ४ करोड ११ लाख ८० हजार ४ सय ४७ रुपैयाँ कार्यक्रमिक संस्थागत खर्चतर्फ अनुमान गरिएको छ । 

संस्थाले सन्चालन गर्ने एक दर्जन बढी कार्यक्रमहरुमा यत्तिका ठुलो बजेट खर्च हुन लागेको हो । प्रस्तुत बजेटमा स्थानीय अधिकार कार्यक्रममा १ करोड १२ लाख ५० हजार ९ सय, ग्रामीण खानेपानी कार्यक्रममा ४ करोड ५१ लाख ३७ हजार ३ सय १८, पुर्ण सरसफाई कार्यक्रममा २८ लाख ९८ हजार ९ सय २०, गरिबी निवारण कोष कार्यक्रममा १ करोड ७५ लाख ४७ हजार ८ सय ९, जापान सहयोग विकास कार्यक्रममा २४ लाख र बाल अधिकार कार्यक्रममा १३ लाख ५४ हजार रुपैयाँ आकलन गरिएको छ । 

यस्तै स्थानीय शासन कार्यक्रममा २४ लाख, सुधारिएको चुलो कार्यक्रममा १५ लाख, लघुउद्यम विकास कार्यक्रममा २६ लाख, सहकारी सम्बन्धी कार्यक्रममा ५ लाख, निर्वाचन शिक्षा कार्यक्रममा १२ लाख रुपैयाँ बजेट आंकलन गरिएको संस्थाले जनाएको छ । संस्थाको साधारण सभामा गत आर्थिक वर्ष २०७३÷०७४ मा खर्च भएको ३ करोड ९९ लाख १७ हजार ६ सय ८३  रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन समेत अनुमोदन भएको छ । 

सो वर्ष सस्थाले स्थानीय अधिकार कार्यक्रम, गरिबी निवारण, जापान विकास सहयोग परियोजना, स्थानीय शासन तथा सामुदायिक विकास, बाल अधिकार तथा शान्ति शिक्षा, समृद्ध पहाड परियोजना, स्थानीय तहको निर्बाचनमा महिला सहभागीता, निर्बाचन शिक्षा कार्यक्रम, लद्यु उद्यम बिकास कार्यक्रम र जैबिक उर्जा अन्र्तगत सुधारिएको चुलो निर्माण लगायत एक दर्जन बढी कार्यक्रम सन्चालन गरेको थियो । 

ती सन्चालित कार्यक्रमहरुबाट जिल्लामा १ सय ८९ जना लघुउद्यमीहरु तयार,१ हजार ८ सय ६४ सुधारिएको चुलो निर्माण, १८ वटा सहकारीको संस्थागत विकास, ८ वटा खानेपानी आयोजना निर्माण सुरु, २४ वटा विद्यालय र २२ वटा वडाहरु पुर्ण सरसफाईयुक्त घोषणा भएका निर्देशक कपिलदेव सिंगकले बताए । 

वि.स. ०४८ मा फेदाप गाउँपालिका–३, तत्कालिन जलजले गाउँ विकास समितिबाट स्थापना भई काम थालेको देउराली सोसाइटी अहिले जिल्लाकै ठुलो र श्रोतसाधनले सम्पन्न गैरसरकारी संस्थाको रुपमा विकास भएको छ । हाल संस्थाको आफ्नै सुविधा सम्पन्न भवन समेत रहेको छ ।

यसैबीच १० औँ अधिवेशनबाट अध्यक्षमा मोहन भण्डारी निर्वाचित हुनुभएको छ । १५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा विमला फोम्बो र चिरन्जिवीमान श्रेष्ठ, महासचिवमा प्रेमचन्द्र निङ्लेकु, सचिवमा प्रेमप्रसाद भट्टराई र सदस्यहरुमा भगिश्वर लिम्बु, विनोद निरौला, जमुना कार्की मगर, कल्पना सम्बाहाम्फे, लालबहादुर घतानी, दिलकुमारी शंकर, डम्बर बाँस्कोटा रहनुभएको छ । कोषाध्यक्ष र अन्य सदस्यहरु मनोनित हुन बाँकी छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ? खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी…. ओखलढुंगाको जिससमा बन्यो एमाले-कांग्रेस गठबन्धन, कांग्रेसलाई एमालेको साथ उड्न लागेको विमानमा गोली लागेपछि… उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी कोशी अस्पतालमा कैदीको मृत्यु रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो प्रत्यारोपण केन्द्रमा डेढ महिनादेखि प्रदर्शन, स्वास्थ्यमन्त्री र डा.श्रेष्ठले मिलेमतो गरेको आरोप सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश चलचित्र क्षेत्रमा ‘पूर्णबहादुरकाे सारंगी’ को एतिहासिक रेकर्ड, तर किन यी २० हलहरुबाट फिल्म उतार्दै छन् निर्माता? इजरायली प्रधानमन्त्रीको घरमा फेरी दुईवटा फ्ल्यास बम आक्रमण, यसरी जोगिए नेतान्याहू आज साताको पहिलो कारोबार दिन घट्यो सुनचाँदीको मूल्य रास्वपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? एभरेष्ट कलरले पारित गर्यो आइपिओ निस्कासन प्रस्ताव आज बस्ने भनेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित हात्तीको आक्रमणबाट एक जनाको मृ-त्यु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस