२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा

१ आश्विन २०८२, बुधबार १२:४४

काठमाडौँ | बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्। जेन-जी आन्दोलनका क्रममा भएको दमनपछि पदमा रहिरहनु अनुचित ठानेको भन्दै उनले उपसभामुख अप्सरा चापागाईँलाई ह्वाट्सएपमार्फत लिखित राजीनामा पत्र बुझाएका हुन्।

पाठकले यसअघि भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए। तर, कानुनी प्रक्रिया पूरा गर्न केही दिन लागेको हो। आफ्नो राजीनामा पत्रमा उनले जेन-जी आन्दोलनमा भएको बल प्रयोग र नागरिकको मृत्युले आफूलाई भावविह्वल बनाएको उल्लेख गरेका छन्।

‘गत भदौ २३ गते जेन-जीको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरेपछि म अत्यन्त भावविह्वल भएँ,’ पत्रमा लेखिएको छ, ‘राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तरआत्मामा लाग्यो र भदौ २४ गते नै राजीनामा गर्ने घोषणा गरेँ।’

उनले प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न ढिलाइ भएको स्वीकार्दै नेपालको संविधान र प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा दिएको स्पष्ट पारेका छन्। राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र बागमती प्रदेशसभा सचिवालयलाई समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो