२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निकै जतन गरी चलाएका सवारीसाधन खरानी भए’

१ आश्विन २०८२, बुधबार १६:००

काठमाडौँ | आज विश्वकर्मा पूजा, सवारी चालकका लागि विशेष पर्वक रूपमा मानिन्छ । सिंहदरबारका सरकारी सवारी चालकहरू विगतका वर्षमा आजका दिन विश्वकर्मा पूजा गर्दै उत्साहका साथ यो पर्व मनाउँथे । यस वर्ष भने सिंहदरबारमा कुनै पूजाआरधना भएन । मात्रै जलेर खण्डहर भएका सवारीसाधन अलपत्र देखिए ।

जलेर अस्थिपञ्जर भएका सवारीसाधनको पहिचान गर्दै कागजमा टाँसेर फलनाको सवारी भन्दै नामकरण गरिएको छ । फुटेका सवारीलाई भने प्लास्टिकले छोपेर सुरक्षित राखिएको छ ।

सिंहदरबारभित्र जलेका सवारीसाधन देख्दा गृहमन्त्रालयका सवारी चालक राजाराम कोइरालाको मन अत्तालिन्छ । उहाँका अनुसार चालकका लागि सवारीसाधन मन्दिरजस्तै पवित्र हुन्छ । “आफूलाई चोट लागे खासै वास्ता हुँदैन तर, आफूले चलाउने सवारी खरानी हुँदा मन रुँदोरहेछ”, उहाँ भन्नुहुन्छ, “विश्वकर्मा पूजा गरिरहने बस फुटेर देख्नै नहुने भएको छ । पूजा कसरी गर्ने ?”

जेनजी प्रदर्शनको दोस्रो दिन सिंहदरबारमा आगलागी भयो भनेको सुनेपछि सामाजिक सञ्जालममा गृहमन्त्रालयका सवारीसाधन दन्दन्ती जलेको देखेर सवारी चालक कोइरालालाई आफूले चलाएको सवारीसाधनको तस्बिर आँखाभरि घुमिरह्यो । के भयो, कसो भायो ? थाहा नभएको भन्दै उहाँ मनमा कौतुहलता मात्र मच्चिएको बताउनुहुन्छ ।

“भोलिपल्ट बिहानै कफ्र्यु लागिरहेकै समयमा म सिंहदरबार पुगेँ, सवारीको अवस्था बुझ्न । मन्त्रालयको पार्किङमा पुग्दा थुप्रै गाडीहरू धन्किएका थिए । मैले कर्मचारी बोक्न चलाउने बस बने घाइते अवस्थामा थियो । सिसा फुटेर देख्न नसक्ने भएको रहेछ । तर, आगो लागेको थिएन । एउटा चालकका लागि सवारीसँगको सम्बन्ध नङ र मासुजस्तै घनिष्ठ हुन्छ । हाम्रा लागि सवारीसाधन मन्दिर हो भने, हामी उसका साधक हौँ”, चालक कोइराला भन्नुहुन्छ, “फुटेका सिसा फेरेर छिट्टै गुड्ने बनाउँछौँ ।”

विगतमा सिंहदरबारका सवारीचालकहरू मिलेर फूल, नरिवल, ध्वजा, धुप किनेर पूजाआरधना गर्थे । पूजा गर्ने र लड्डु खाएर उत्सव मनाउँथे । विश्वकर्मा पूजाको रौनकले सिंहदरबारका अरु कर्मचारीलाई पनि रमाइलो महसुस गराउँथ्यो । गृहमन्त्रालयका कर्मचारी केदार घिमिरेका अनुसार विश्वकर्मा पूजामा सिंहदबारका सबै सवारीसाधन सफा, चिटिक्क परेका हुन्थे । “अझ भनाैँ त्यो दिन सवारीसाधन बेहुलीजस्तै सजिएका हुन्थे”, उहाँ विगत सम्झिँदै थप्नुहुन्छ, “अहिले देख्नै नसक्ने गरी जलेका छन् । दुःख लागेको छ ।”

कानुन मन्त्रालयमा नौ वर्षदेखि सवारी चालकका रूपमा काम गर्दै आउनुभएका लीलाबहादुर बोगटी सवारीसाधन आफ्ना लागि जीवनकै महत्त्वपूर्ण पाटो रहेका बताउनुहुन्छ । उहाँका लागि सवारीसाधन रोजीरोटीको जोह गर्ने मुख्य आधार हो । सवारीसाधन र सवारी चालकबीच निकै संवेदनशील सम्बन्ध जोडिएको हुने उहाँको अनुभव छ ।

हिँड्दाहिँड्दै, गुड्दागुड्दै साथ नदिएको बेला के गर्ने ? बोगटी प्रश्न गर्दै भन्नुहुन्छ आफूले चलाउने सवारीको निकै माया लाग्ने रहेछ । सहसचिवको सवारी चलाउने उहाँ भन्नुहुन्छ, “सवारीसाधन कहिल्यै फोहोर बनाइन र कोरिएकोसमेत थिएन । यति माया र जतन गरेको सवारी अहिले फुटेर देख्नै नहुने भएको छ । अहिले मेरो मन पनि त्यही चकनाचुर सिसाजस्तै चर्किएको छ । त्यो सवारीसाधन मेरो लागि साथीजस्तै थियो ।”

सिंहदरबारभित्रका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मन्त्रालय र विभिन्न निकायका गरी ७५० मोटरसाइकल तथा स्कुटरसहित अन्य ३५० सवारीसाधन जलेर नष्ट हुनुका साथै क्षतिग्रस्त भएका छन् ।

यसैबीच, गृहमन्त्रालयले देशभर सवारीसाधन र कार्यालयमा भएका क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य सुरु गरेको मन्त्रालयका सहसूचना अधिकारी एवं उपसचिव रवीन्द्र आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार गृहमन्त्रालयमा अधिकांश सवारीसाधन जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो