२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपालाई तत्काल रूपान्तरण गर्नुपर्छ : डा.तोसिमा कार्की

३ आश्विन २०८२, शुक्रबार ११:४६

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टीलाई तत्काल रूपान्तरण गर्नुपर्ने बताएकी छन्। उनले पार्टीलाई जनताले ठूलो आशा र भरोसाका साथ हेरेको भए पनि पछिल्ला घटनाक्रमका कारण केही प्रश्न उठ्न थालेको भन्दै संगठनलाई पुनःमूल्यांकन र पुनर्संरचना गर्नुपर्नेमा जोड दिएकी हुन् । संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै कार्कीले पेस गरेको पत्रमा रास्वपालाई ‘नयाँ नेपाल निर्माण गर्ने यात्रामा मुख्य शक्ति’ बनाउन तत्काल सुधारका कदम चाल्नुपर्ने धारणा राखेकी छन्।

उनले भनेकी छन्, ‘जेनजी मात्रै होइन, जेन अल्फासहित सबै पुस्ता, सबै जातजाति, भाषा, भौगोलिक क्षेत्रका बासिन्दा र वर्गका पीडा तथा अपेक्षालाई सम्बोधन नगरी राष्ट्रलाई अघि बढाउन सकिँदैन।’डा.कार्कीले जेनजीको आह्वानमा भएको तेस्रो जनआन्दोलनले नेपाललाई पुरानै अवस्थामा रहन नदिएको उल्लेख गर्दै राजनीतिक दलहरूले पनि पुरानो सोच चिर्दै सुधारात्मक परिवर्तनको बाटो लिनुपर्नेमा जोड दिएकी छन्।

उनको भनाइमा देशको वर्तमान र भविष्यलाई नेतृत्व दिन सक्ने राजनीतिक शक्ति निर्माण आजको अपरिहार्य आवश्यकता हो। त्यसका लागि पार्टी नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम सबै आयाममा पुनरावलोकन र पुनर्संरचना गरेर मध्यममार्गी राजनीतिक शक्ति निर्माणको उपयुक्त समय यही हो। डा.कार्कीले पार्टीभित्रै अर्थपूर्ण रुपान्तरणको प्रक्रिया तत्काल सुरु गर्न माग गरेकी छन्। साथै, अन्य राजनीतिक दल, विचार समूह र स्वतन्त्र व्यक्तिहरूसँग वार्ता गरी जेनजी आन्दोलनले उठाएका आकांक्षालाई संस्थागत गर्ने राजनीतिक शक्ति निर्माणमा रास्वपाले अग्रसर हुनुपर्नेमा जोड दिएकी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो