२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संविधानको पूर्ण पालनागरी सुशासन कायम गर्नुपर्छः मुख्यमन्त्री सिंह

३ आश्विन २०८२, शुक्रबार १४:४०

काठमाडौँ | मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका रुपमा व्याख्यासमेत गर्नुभयो । साथै उहाँले वर्तमान संविधानले सबै वर्ग, जातजाति, समुदायलाई कानुनी रुपमा समान अधिकार दिलाउनका लागि विशेष योगदान गरेकाले यसको सुरक्षा आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको अधिकारलाई सुनिश्चित गरेको तथा सबैलाई समान अधिकार दिएको विचार व्यक्त गर्नुभयो । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारमा रहेर सबैले मर्यादित भई आफ्नो अधिकारलाई पूरा गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान कार्यावन्यनमा सरकार तथा जनप्रतिनिधि दुवैले जिम्मेवारीपूर्वक तथा जनउत्तरदायी भएर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानको सफल कार्यावन्यन तथा त्यसको पालनका लागि सुशासन र शान्तिसुरक्षा तथा उतरदायी सञ्चारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता, सांसद तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने