२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकमार्गले कसैलाई हर्सित बनायो, कसैलाई उठिबास !

५ आश्विन २०७४, बिहीबार ०९:०५

प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित हुनुहुन्थ्यो । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उहाँलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकले विकास होइन उहाँ जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ । 

नेपाल–भारत सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि महाकाली नदी बैतडीको झुलाघाटसम्म जोड्ने यो सडक निर्माण गर्दा जिल्लाका सयौँ किसानको खेतबारी पहिरोमा परिणत भएको छ । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको लोकमार्गले खेतबारी नै बगाउन थालेपछि उनीहरुको उठिबास लाग्न थालेको हो । लोकमार्ग निर्माण गर्ने ठेकेदारले सडक निर्माण गर्दा नाली नबनाएकाले बर्खाको भेलबाढी पसाउन आँटेको धान खेतमा पसेर बगर बनाइदिएको दुलालले बताउनुभयो । 

साहुको खेत कूतमा रोप्नुभएका दुलालको २१ मुरी धान फल्ने खेतलाई मध्यपहाडी सडकको भेलबाढी पसेर बगर बनाइदिएको छ । परिवार पाल्ने धानखेत सबै बगाएपछि उहाँ अहिले निराश हुनुहुन्छ । “खेत सबै बगायो,” बगर बनेको धानखेत देखाउँदै उहाँले भन्नुभयोे – “साहुलाई कसरी कूत बुझाउने, परिवारलाई के खुवाउने ?” ते¥ह जनाको परिवार पाल्ने धानखेत आधाभन्दा बढी बाढीले बगर बनाइदिएपछि उहाँ चिन्तित हुनुहुन्छ । “लोकमार्गअन्तर्गत नै फराकिलो सडक निर्माण गर्दा थोरै मात्र भएको खेतबारी पनि कटौती भयो, गाउँको विकास हो भनेर मुआब्जा पनि खोजी गरिएन,” ओयाक्जुङकै अग्निबहादुर दर्जीले भन्नुभयो – “अहिले सडककै कारण पहिरोले बाँकी बारी र घरसमेत जोखिममा पारेपछि सुकुम्वासी जस्तै भएका छौं ।” 

दर्जीको करिब नौ रोपनी जमिन सडक निर्माण गर्दा मासिएको थियो । धान, मकै फल्ने खेतबारीमा सडक बनेपछि परिवारलाई खान, लगाउन समस्या भएको उहाँले दुखेसो गर्नुभयो । घरमुनिबाट गएको सडकमा पहिरो चलेकाले बास बस्ने घरपालीसमेत बगाउन आँटेको दर्जीले पीडा सुनाउनुभयो । “अन्न फल्ने खेतबारी त लग्यो–लग्यो,” पहिरोले बगाउन आँटेको घरतर्फ देखाउँदै दर्जीले भन्नुभयो – “बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो । अब के गर्ने होला ?” 

लोकमार्गकै कारण घर र खेतबारी नै मास्सिएर आफू सुकुम्बासी बन्न थालेको उहाँले बताउनुभयो । लोकमार्गले विकास होइन विनाश ल्याएको उहाँको बुझाइ छ । घरको करेसालाई छोएर गएको मध्यपहाडी लोकमार्गमा आएको पहिरोले सोही गाउँका ३६ वर्षीय लालबहादुर श्रेष्ठको पनि धान फल्ने तीन रोपनी खेत पुरिदिएको छ । सडक निर्माणताका पनि आफूहरूको धेरै जमिन कटानमा परेको र निर्माणपछि पनि बर्खाको भलबाढी व्यवस्थित नगर्दा पाक्न आँटेको अन्नबाली सबै बगाएको श्रेष्ठले बताउनुभयो । अन्न फल्ने धेरै किसानको खेतबारी सडकमा भेल बनेर आएको बाढीले बगर बनाइएिको उहाँले बताउनुभयो । गाउँ माझबाट आएको लोकमार्ग निर्माण गर्दा मुआब्जा दाबी नगरेका यहाँका धेरै किसानले सडककै लापरबाहीका कारण आफूहरूको उठिबास भएको भन्दै अहिले मुआब्जा दाबी गरिरहेका छन् । 

सडक निर्माण गर्ने ठेकेदारले ठूला मेसिन प्रयोग गरी सडक खनेको र छेउभित्तामा वाल, टेवा, पर्खाल, ड्रेनलगायत निर्माणमा ढिलाइ हुँदा सडक दायाँ–बायाँको हजारौँ रोपनी खेतीयोग्य जमिन पहिरो र बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले सडक निर्माण गर्दा सडकले ओगटेको जमिनको पनि मुआब्जा नदिएको र निर्माणपछि पहिरो र बाढीले पु¥याएको क्षतिपूर्तिसमेत नदिँदा यहाँका धेरै किसान मारमा परेको स्थानीय एवं पूर्वजिविस सदस्य अम्बिकाप्रसाद दुलालले बताउनुभयो । लोकमार्ग निर्माण गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले जताजतै पहिरो बगिरहेको स्थानीयवासीको आरोप छ । 

यसपालिको वर्षाका कारण लोकमार्गको तेह्रथुम खण्डमा मात्र सयौँ ठाउँमा पहिरो खसेको स्थानीयवासीको भनाइ छ । अधिकांश ठाउँमा सडक निर्माण गर्दा नाली व्यवस्थापन पनि सँगसँगै नहुँदा बर्खामा परेको पानी जम्मा भएर सडक बीचमै खोल्सीसरह बनेपछि बढी क्षति गरेको इसिबुका पुरुषोत्तम तिम्सिनाले बताउनुभयो । लोकमार्गको बाटो निर्माण गर्दा बसोबास गरिरहेको घर परेमा मात्र ‘थोरै–धेरै’ मुआब्जा दिने र जग्गा जमिनको मुआब्जा दिने नीति नरहेको आयोजनाले जनाएको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य