२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा एलडिपी नेतृत्वका लागि प्रतिस्पर्धा सुरु

६ आश्विन २०८२, सोमबार १५:२०

निवर्तमान प्रधानमन्त्री सिगेरु इसिबाको उत्तराधिकारी छान्न सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार आधिकारिक अभियान सुरु गरेको छ ।

यो प्रतिस्पर्धा राजनीतिक स्थिरता कायम गर्ने र सङ्कटग्रस्त पार्टीलाई पुनः जनसमर्थन दिलाउने लक्ष्यसँग जोडिएको छ ।

अक्टोबरको सुरुआतमा हुने मतदानअघि एलडिपी नेतृत्वका लागि पाँच जना उम्मेदवार मैदानमा छन् । ‘परिवर्तन, एलडिपी’ भन्ने नारा सहित सुरु भएको यो दौड पार्टीको भविष्यका लागि महत्त्वपूर्ण मानिएको छ ।

गत वर्ष एलडिपी र यसको कनिष्ठ साझेदार कोमेइटो दुवैले ठूलो घाटा बेहोरेपछि अब नयाँ नेताले बढ्दो महँगीलाई सम्बोधन गर्नुका साथै संसद्मा बहुमत गुमाएको स्थितिबाट पार्टीलाई उकास्नु पर्नेछ ।

एलडिपी अझै पनि संसद्को सबैभन्दा ठूलो दल भएकाले नयाँ नेता प्रधानमन्त्री बन्ने सम्भावना बलियो छ । तर नयाँ प्रधानमन्त्रीले विपक्षी दलहरूसँग सहकार्य नगरे अविश्वास प्रस्ताव र छोटो अवधिका सरकारहरूको जोखिम सामना गर्नुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन् ।

अक्टोबर ४ मा हुने मतदान सर्वसाधारणका लागि खुला छैन । यसमा दुई सय ९५ एलडिपी सांसद र करिब १० लाख भुक्तानी सदस्य मात्र सहभागी हुनेछन् । यो जापानको कुल मतदाताको एक प्रतिशतभन्दा कम हो ।

यदि पहिलो चरणमा कसैले बहुमत पाएन भने शीर्ष दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ । नयाँ नेताले प्रधानमन्त्री बन्न संसदीय मतदानमा केही विपक्षी सांसदहरूको समर्थन पनि जुटाउनुपर्नेछ ।

प्रतिस्पर्धामा रहेका पाँचै उम्मेदवार पूर्व वा हालका मन्त्री हुन् । उनीहरूले आफूलाई मध्यम रूढीवादी भन्दै विपक्षीसँग सहकार्य गर्न इच्छुक रहेको सन्देश दिएका छन् ।

सोमबारको संयुक्त कार्यक्रमले अर्थतन्त्र र आप्रवासन नीतिमा कडा उपायहरूलाई प्राथमिकतामा राखेको छ । कृषिमन्त्री शिन्जिरो कोइजुमी र पूर्व आर्थिक सुरक्षामन्त्री साना ताकाइचीलाई प्रमुख दावेदार मानिएको छ ।

चवालिस वर्षका शिन्जिरो कोइजुमी लोकप्रिय पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहुन्छ । उहाँले गत वर्ष इसिबासँग प्रतिस्पर्धा गर्नुभएको थियो र यसपटक दोस्रो प्रयास गरिरहनुभएको छ ।

कृषिमन्त्रीका रूपमा उहाँले मूल्य नियन्त्रणका लागि आपत्कालीन चामल भण्डार जारी गर्नुभएको थियो । जनताको आवाज नजिकबाट सुन्ने वाचा गर्दै उहाँले पार्टी सुधार र सार्वजनिक सुरक्षामा जोड दिनुभएको छ । विजयी भएमा उहाँ सन् १८८५ पछि जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बन्नुहुनेछ ।

चौँसठ्ठी वर्षकी साना ताकाइची पूर्वप्रधानमन्त्री शिन्जो आबेकी नजिककी सहयोगी हुनुहुन्छ । गत वर्ष रनअफमा इसिबासँग पराजित हुनुभएकी उहाँले बलियो सेना, विकासका लागि सार्वजनिक लगानी र परम्परागत पारिवारिक मूल्यहरूको पक्षमा आवाज उठाइरहनुभएको छ ।

महिला सम्राटको विरोध गर्ने ताकाइचीले विवाहित जोडीलाई छुट्टै थर राख्न दिने कानूनी संशोधनको समर्थन गर्नुभएको छ । यदि निर्वाचित हुनुभयो भने उहाँ जापानको पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ ।

चौँसठ्ठी वर्षीय योशिमासा हयासी इसिबाको सरकारका मुख्य क्याबिनेट हुनुहुन्छ । मध्यमार्गी धारका हयासीले स्थिर ज्याला, बलियो अर्थतन्त्र र रक्षा सुदृढीकरणको वाचा गर्नुभएको छ । हार्वर्ड–शिक्षित उहाँ अङ्ग्रेजीमा धाराप्रवाह हुनुहुन्छ र ‘गिन्स’ नामक पप ब्यान्डका सदस्यसमेत हुनुहुन्छ ।

उन्सत्तरी वर्षीय तोशिमित्सु मोतेगीले विदेश तथा व्यापार मन्त्रीका रूपमा सेवा गरिसक्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा कडा व्यापार वार्ताकारका रूपमा परिचित मोतेगी जापान–अमेरिका गठबन्धनलाई अझ गहिरो बनाउनुपर्ने पक्षधर हुनुहुन्छ ।

पचास वर्षीय ताकायुकी कोबायाशी पूर्व आर्थिक सुरक्षामन्त्री हुनुहुन्छ । अति रूढीवादी धारका उहाँ बलियो विकास, राष्ट्रिय एकता र विदेशी कामदारमा कडा प्रतिबन्धका पक्षधर हुनुहुन्छ । उहाँले रक्षा खर्च दुई प्रतिशतभन्दा कम नहुने वाचा गर्नुभएको छ ।

ताकाइची विजयी भएमा जापानकी पहिलो महिला प्रधानमन्त्री बन्नुहुनेछ । तर उहाँको युद्धकालीन इतिहाससम्बन्धी दृष्टिकोणले चीन र दक्षिण कोरियासँगको सम्बन्ध जटिल बनाउन सक्ने विश्लेषकहरूको चेतावनी छ । उहाँले भने चीनसँग राम्रो सम्बन्ध चाहेको दाबी गर्नुभएको छ ।

जापान हाल सुरक्षा चुनौतिबीच रहेको छ र अमेरिकाबाट थप रक्षा खर्चको माग बढ्ने अपेक्षा गरिएको छ । यस्तो अवस्थामा विपक्षीसँग सहकार्य महत्त्वपूर्ण हुने विज्ञहरूको भनाइ छ । जापान इनोभेसन पार्टी (इशिन) र डेमोक्रेटिक पार्टी फर द पिपुल जस्ता दलहरूसँग सहकार्यले राजनीतिक स्थिरता कायम गर्न मद्दत गर्ने देखिन्छ ।

कोइजुमीले हालै इशिन नेतासँग ओसाका एक्सपोमा भेट गर्नुभएको थियो भने हयासीले वरिष्ठ इशिन सांसदसँग रात्रिभोज गर्नुभएको थियो । मोतेगीले पनि यी दुई दलसँग गठबन्धन गर्ने इच्छा प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला