२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने

१० आश्विन २०८२, शुक्रबार १३:४६

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ ।

इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिनुभयो ।

पार्टीले तोडफोड र आगजनीपछि इञ्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गर्न लगाएको थियो । उहाँका अनुसार सात कोठा ‘रेक्ट्रोफिट’ गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने इञ्जिनियरहरुको सुझाव रहेको छ ।

“इञ्जिनियरहरुको प्रतिवेदनमा प्रवलीकरण गरेर कार्यालयको भवनमा बस्न मिल्ने भएको छ”, उहाँले भन्नुभयो, “बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ, अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त बस्ने भन्नेमा पार्टीले चाँडै नै निर्णय गर्नेछ ।”

पार्टीको निर्वाचन विभागका प्रमुख आचार्यले आगजनी र तोडफोडबाट केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको बताउनुभयो । उहाँले पार्टीले चाँडै नै केन्द्रीय कार्यालय भवनको प्रवलीकरण गर्ने जानकारी दिनुभयो ।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य