2026-09-13 06:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले केन्द्रीय कार्यालय प्रवलीकरण गरेर बस्न मिल्ने

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको छ ।

इञ्जिनियरहरुले बुझाएको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रवलीकरण गरेर बस्न मिल्ने भएको एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिनुभयो ।

पार्टीले तोडफोड र आगजनीपछि इञ्जिनियरलाई पार्टी कार्यालयमा बस्न मिल्ने वा नमिल्ने भनेर अध्ययन गर्न लगाएको थियो । उहाँका अनुसार सात कोठा ‘रेक्ट्रोफिट’ गर्न मिल्ने र एउटा छत काम नलाग्ने भएकाले पुनःनिर्माण गर्नुपर्ने इञ्जिनियरहरुको सुझाव रहेको छ ।

“इञ्जिनियरहरुको प्रतिवेदनमा प्रवलीकरण गरेर कार्यालयको भवनमा बस्न मिल्ने भएको छ”, उहाँले भन्नुभयो, “बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकमा पनि पार्टी कार्यालयको भवनका विषयमा छलफल भएको छ, अब पार्टी कार्यालय त्यहाँ बस्ने कि अन्त बस्ने भन्नेमा पार्टीले चाँडै नै निर्णय गर्नेछ ।”

पार्टीको निर्वाचन विभागका प्रमुख आचार्यले आगजनी र तोडफोडबाट केन्द्रीय कार्यालयका सबै सामान जलेर नष्ट भएको बताउनुभयो । उहाँले पार्टीले चाँडै नै केन्द्रीय कार्यालय भवनको प्रवलीकरण गर्ने जानकारी दिनुभयो ।

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर तथा व्यवसायसमेत क्षतिग्रस्त भएका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन