Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-09-19 12:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा पनि आजबाट प्रहरी हाम्रो टोलमा आभियन

नरी बडु। असोज ६ बैतडी । शान्तिसुरक्षा र सुशासन, जनमैत्रि प्रहरी प्रशासन भन्ने मुल नाराका साथ बैतडी लगायत देशभर आजबाट प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ ।

नगरिक र प्रहरी बिचको सम्बन्ध बलियो बनाई समाजमा हुने अपराधिक घटना न्यूनिकरण गर्नुका सथै समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्ने उद्देश्यले उक्त कार्यक्रम सुरु भएको हो ।

जिल्ला प्रशासन कार्यालयका आयोजनामा प्रहरी, नागरिक समाज, वालवालिका, महिला, जेष्ट नागरिक एवमं सम्पुर्ण सरोकारवालाहरुको उपस्थीतिमा बैतडीमा पनि प्रहरी हाम्रो टोलमा कार्यक्रम सुरु भएको छ ।

जिल्लाको गोठलापनी बाजारबाट निकालिएको बृहत र्यालीले जिल्ला समुन्वय समितीको हलमा औपचारिक उद्घाटन गरेको थियो ।

नागरिक र प्रहरी बिचको सम्बन्धि सुमधूर बनाई समाजमा हुने अपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्र्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी हेरम्ब शर्माले बताए ।

हामी बर्दि लगाएका प्रहरी हौँ समाजमा बस्ने सबै नागरिक बिना बर्दीका प्रहरी हुन् अब हामिले संगै मिलेर समाजमा शान्ति सुव्यवस्था कायम गर्नु पर्छ उनले भने ।

कार्यक्रममा उपस्थित प्रधानन्यायधिस धुर्बकुमार शाह, प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी, विभिन्न स्थानीय निकायका जनप्रतिनिधि, बालक्लबका अध्यक्ष, नागरिक समाज लगायत सरोकारवालाहरुले प्रहरी हाम्रो टोलमा कार्यक्रम एकदमै प्रभावकारी हुने विश्वास गरेका छन् ।

पछिल्लो समय बैतडी प्रहरी नागरिक संगको सम्बन्धि बलियो बनाई टोलटोलमा गएर विक्रिति विसंगती र अपराध न्यूनिकरणमा सक्रिय छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो