२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

तेह्रथुममा २४ करोडको दूध उत्पादन

२०७४, ६ आश्विन शुक्रबार ०९:०२

असोज ६, तेह्रथुम। जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ । 

जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई–भैँसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले बताउनुभयो । 

जिल्लामा आव २०७३÷७४ मा रु २४ करोड २८ मूल्य बराबरको ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । अघिल्लो आव २०७२÷७३ मा रु २३ करोड ९२ लाखको दूध उत्पादन भएको थियो । जिल्लामा उत्पादन भएको दूधमध्ये करिब सात हजार २०० लिटर दूध दैनिक रुपमा जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको पशु विकास अधिकृत लोकनाथ ढुङ्गानाले बताउनुभयो । 

यहाँको दूध दुग्ध विकास संस्थान विराटनगर, जीवन विकास डेरी, कामधेनु सहकारी संस्था, तरहरालगायत ठाउँमा बिक्री गर्न पठाउने गरिएको छ । आव २०७३÷७४ मा जिल्लाबाट रु १० करोड २२ लाख बराबरको दूध जिल्लाबाहिर निकासी भएको छ । जिल्लामा उत्पादन भएको मध्ये दुई हजार ५५५ मेट्रिक टन दूध मात्रै जिल्लाबाहिर निकासी भएको हो । यहाँ दूध प्रतिलिटर सरदर रु ४० का दरले किनबेच भइरहेको छ । 

जिल्लाका किसानले एक वर्षमा दूध बिक्रीबाट रु १० करोड २२ लाख आम्दानी गरेका पशु विकास अधिकृत ढुङ्गानाले बताउनुभयो । जिल्लामा ६० लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ । हरेक दिन १६ हजार ६३० लिटर दूध उत्पादन हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कूल उत्पादनमध्ये ४२ प्रतिशत दूध जिल्लाबाहिर निकासी हुने गरेको छ । बाँकी ५८ प्रतिशत मात्रै जिल्लामा खपत हुन्छ । 

जिल्लाका किसानले उत्पादन गरेको दूध सहकारी संस्था र चिस्यान केन्द्र गरी ३६ भन्दा बढी स्थानबाट दैनिक संकलन हुने गरेको छ । विशेषगरी लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसानले दूध उत्पादन गरेरै जीविकोपार्जन गरिरहेका छन् । जिल्लामा हाल १० वटा व्यावसायिक कृषि फार्म खुलेका छन् । किसानलाई सहयोग पु¥याउन कार्यालयले उन्नत जातको घाँसको बीउबिजन, नश्ल सुधार, कृत्रिम गर्भाधान, प्राकृतिक गर्भाधान, किसानलाई तालिम, आधुनिक मेसिनरी सामानका लागि अनुदान र गोठ सुधारका लागि रु १० हजारसम्म अनुदान दिने गरेको छ । 

अपाङ्गता भएकालाई मसला बनाउने सीप 

जिल्लाका नौजना अपाङ्गता भएका व्यक्तिलाई व्यावसायिक बन्न प्रेरित गर्दै मसला बनाउने सीप सिकाइएको छ । अपाङ्ग सशक्तीकरण तथा पुनःस्थापना केन्द्रले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा संलग्न गराउन सीप सिकाएको हो । उनीहरुको व्यक्तिगत जीवनमा सहयोग पुगोस् भन्ने ध्येयले तालिम आयोजना गरिएको अध्यक्ष डोलेश्वर गड्तौलाले बताउनुभयो । 

सीप सिकेका व्यक्तिलाई व्यावसायिक बनेर आयआर्जनमा लाग्नसमेत सुझाइएको उहाँले बताउनुभयो । जिल्लामा तीन हजार ६०० जना अपाङ्गता भएका व्यक्ति रहेका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश