चिसाङ शेर्पा/असोज ६, खोटाङ । ठेकेदार कम्पनीको अटेरीपन र प्रतिकुल मौसमका कारण मध्यपहाडी लोकमार्ग अन्तरगतको दिक्तेल-हुर्लुङ सडकमा घटस्थापनाको दोस्रो दिन हुंदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/असोज ६, खोटाङ । ठेकेदार कम्पनीको अटेरीपन र प्रतिकुल मौसमका कारण मध्यपहाडी लोकमार्ग अन्तरगतको दिक्तेल-हुर्लुङ सडकमा घटस्थापनाको दोस्रो दिन हुंदा"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कहिले वन्ला सडक, यस्तो छ हालत, दशैंमा कसरी घर जानु ?

६ आश्विन २०७४, शुक्रबार १६:३६


चिसाङ शेर्पा/असोज ६, खोटाङ । ठेकेदार कम्पनीको अटेरीपन र प्रतिकुल मौसमका कारण मध्यपहाडी लोकमार्ग अन्तरगतको दिक्तेल-हुर्लुङ सडकमा घटस्थापनाको दोस्रो दिन हुंदासमेत हिलाम्मे तथा ठुलाठुला खाल्डाखुल्डी उस्तै रहेको छ । 

दशैको घटस्थापना सुरु हुंदासम्म उक्त क्षेत्रको ११.४३ किलोमिटर सडकमा वस, टयाक्टरले वनाएको खाल्डाखुल्डी भर्ने, सडक स्तरोन्नतीका क्रममा सडकको दायाँवायाँ राखिएका ढुंगा गिटी हटाउने काम नहुंनु र सडक हिलाम्मे हुंदा पैदल यात्रा गर्नसमेत जटिल समस्या देखिएको छ । 


सडकमा खाल्डाखुल्डीको अलवा आवाश्यक स्थानमा ड्रेन, नाली तथा उचित ढल निकास नहुंदा सडकभरी पानी जम्ने र वाटो चिप्लो हुंदा विशेषगरी गाउँघरवाट एम्बुलेन्सको माध्यमवाट विरामीलाई जिल्ला अस्पताल लैजान सकिने अवस्था छैन । चाडपर्व नजिकीएसंगै दशैंमा जिल्ला आउने तथा जिल्लाबाहिर जाने सर्वसाधरणलाई आवतजावतमा सकस हुन थालेकोे छ । दशैको समयमा समेत मौसम नखुल्नु, ठेकेदारको मनोमानी र नगरपालिका तथा प्रशासनको समन्यवय राम्रो नहुंदा दिक्तेल–हुर्लुङ सडकमा गाडी गुडाउँन अत्यन्तै खतरा रहेको यातायात व्यवसायीको भनाई छ । जोखिम मोलेरै भए पनी यात्रुहरुलाई गन्तव्य स्थान सम्म पु¥याउनुपर्ने वाध्यता यातायात व्यवसायीमा छ ।


रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विणादेवी राईले ‘गत असोज दुई गते मिति नतोकी नगरपालिकाभित्र पर्ने सडकलाई चाडपर्व लक्षित गरेर दु्रत गतीमा पुनः मर्मत गरी दशै तिहारमा आवतजावत गर्ने यात्रुहरुलाई सहजता दिने भनिए पनि दिक्तेल – हुर्लुङ सडकको हालत असारे खेत जस्तै रहेको छ । जयराम–हलेसी, हलेसी–अर्खौले, अर्खौले–नुनथला सडक भने केही रुपमा सन्तोषजनक रहेको छ । 

जिल्लाको प्रमुख नाकाको रुपमा रहेको सडकमा पैदल यात्रा गर्न समेत कठिन हुंदा यक्कीन कहिलेवाट सडक मर्मत गरिने भन्ने अझै टुङगो लागेको छैन । कार्यक्रमका लागि काठमाडौ पुगेका मेयर दिपनाराण रिजाल, उपमेयर राई ७ गते कार्यालयमा फर्किएपछि काम गर्न निर्देशन गरिने उपमेयर राईले बताईन् । जिल्लामा सडकको हविगत यस्तो भईरहंदा प्रमुखहरु काठमाडौ केन्द्रित भएको जनगुनासो समेत आउँन थालेको छ । 


सडकजस्तो संवेदनशील क्षेत्रमा काम नगरी जनतालाई धोका दिएकोमा प्रशासनले कार्वाही गर्ने त्रासले ठेकेदार सम्पर्क वाहिर रहेको र ठेकेदारवाट कुनै काम हुने संम्भावना नदेखिएपछि, नगरपालिका, जिल्ला समन्वय समिती र जिल्ला प्रशासनको समन्वयमा तत्काल काम गर्ने आन्तरिक छलफल भए पनी नगरपालिकाको डोजर विग्रेकाले काम गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । उनले भने ‘समस्याप्रती आफु गम्भीर भएर फलोअपमा रहेको छु, नगरपालिकाका मेयर काठमाण्डौवाट जिल्लामा आउँने वितिक्कै एकदुई दिनमा काम थालनी गरिने छ ।’

बिजुले – हुर्लुङ तथा हुर्लुङ – दिक्तेल गरी दुई खण्डमा विभाजन गरेर कालोपत्रेको काम सुरु गरेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले पटकपटक छलछाम गर्दै प्रशासनलाई नै टार्ने गर्दा सडकको यस्ता र्दुदशा भएको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना