2026-07-24 10:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षित स्थान पहिचान गर्न नसक्दा बस्ती विपद्को जोखिममा छन्ः मन्त्री घिसिङ

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भौगोलिक जोखिम र सुरक्षित स्थान पहिचान गरेर बस्ती बसाउन नसक्दा हरेक वर्ष विपद्बाट जनधनको क्षति हुने गरेको बताउनुभयो ।

विश्व बसोबास दिवसको अवसरमा सहरी विकास तथा भवन निर्माण विभाग र संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रमले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले मानिसको सामाजिक, वातावरण र आर्थिक पक्ष जोड्न नसक्दा एकीकृत बस्ती कार्यक्रम पनि सफल हुन नसकेको बताउनुभयो ।

“देशका केही ठाउँमा एकीकृत बस्ती निर्माण गर्‍यौँ, तर समुदायलाई सामाजिक, वातावरण र आर्थिक पक्षसँग जोड्न नसक्दा ती बस्ती खाली हुन थाले । ग्रामीण र सहरी क्षेत्रका अव्यवस्थित बस्तीलाई सुरक्षित एवं व्यवस्थित बनाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो”, मन्त्री घिसिङले भन्नुभयो, “मनसुनजन्य विपद्बाट बच्न पूर्वसूचना प्रवाह गर्दागर्दै पनि भौगोलिक रूपमा जोखिमयुक्त स्थानको ‘म्यापिङ’ गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न नसक्दा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । अब यसमा गम्भीर बन्नुपर्ने आवश्यकता छ ।”

उहाँले सहर विकासको गुरुयोजना तयारी गरी कुनै एउटा सहरलाई नमूनाका रूपमा विकास गर्ने र सोहीअनुसार पूर्वाधार संरचना निर्माण गरी अन्य सहर विकासमा अनुशरण गर्न सकिने उल्लेख गर्नुभयो । “जग्गा खण्डीकरण गरी सहर विकास गरिने अभ्यास रहेको छ, अब यसलाई अन्त्य गर्न सहर विकासको एकीकृत गुरुयोजना तयार गरी अगाडि बढ्नुपर्नेछ”, मन्त्री घिसिङले भन्नुभयो, “नदी किनार सुन्दर नभइकन सहरी सौन्दर्य कायम हुन सक्दैन, त्यसैले काठमाडौँ उपत्यकाका नदी करिडोर किनारमा रहेका बस्तीको व्यवस्थापन आवश्यक छ ।”

उहाँले ग्रामीण क्षेत्रमा सडक, बिजुली, टेलिफोन, खानेपानीलगायतका पूर्वाधार पुगे पनि बस्ती भने घट्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री घिसिङले आफूले सम्हालेका मन्त्रालय र मातहतका निकायमा हुने भ्रष्टाचार, अनियमिता र ढिलासुस्तीमा शून्य सहशीलताको अपनाइने बताउनुभएको छ । सोही नीतिअनुसार कोही अनियमिततामा संलग्न भएको पाइए तत्काल कारबाही गरिने उहाँको भनाइ थियो ।

मन्त्री घिसिङले ठूला सहर विकास गर्नुपर्ने काममा केन्द्रित हुने सहरी विकास मन्त्रालय आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर टुक्रे योजनामा लाग्न नहुनेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक