२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

२०८२, २८ आश्विन मंगलवार १२:१६

काठमाडौँ | दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्पmत पुनः प्राप्ति एवं सशक्तिकरण परियोजनाअन्तर्गत सफलतापूर्वक ऊर्जा दक्षताका उपायहरू लागू गरेका दोस्रो चरणका उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा दोस्रो चरणमा १३ उद्योगलाई रु चार करोडभन्दा बढीको अनुदान प्रदान गरिएको थियो । विस्तृत ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका ऊर्जा बचत उपायहरूको सफल कार्यान्वयनपछि यो अनुदान वितरण गरिएको हो । यी उपायहरूबाट वार्षिक १२ लाख ३५ हजार ५४४ किलोवाट घण्टा ऊर्जा बचत भई वार्षिक रु चार करोड ७७ लाख ५८ हजार १६ भन्दा बढी खर्च कटौतीमा योगदान पु¥याउँदै नेपालको जलवायु लक्ष्य र दिगो आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने बताइएको छ ।

अनुदान पाउने उद्योगहरूमा कृषि प्रशोधन, औषधि र डेरी उद्योगलगायत विभिन्न क्षेत्रका उद्योगहरू रहेका छन् । सबैभन्दा ठूलो अनुदान रु १० मिलियन, प्राप्त गर्ने एजी हेल्थ इन्डस्ट्रिज प्रालिले दुई प्रमुख ऊर्जा दक्षता उपायहरू लागू गरेको छ, जसमा म्यानुअल प्याकेजिङ मेसिनको प्रतिस्थापन पनि समावेश छ । कम्पनीको आपm्नो रु ४० मिलियनभन्दा बढीको लगानीबाट वार्षिक रु १० मिलियनभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ, जसले ऊर्जा दक्षता नवप्रवर्तनको बलियो व्यावसायिक उदाहरण प्रस्तुत गरेको जनाएको छ ।

कार्यक्रममा सीताराम गोकुल मिल्क्स काठमाडौँ प्रालिका प्रबन्ध निर्देशक सुमित केडियाले ऊर्जा खर्च कुल सञ्चालन लागतको करिब ३०–३५ प्रतिशत रहेको र यस प्रकारका पहलहरूले उद्योगहरूलाई चेतनाभन्दा वास्तविक क्रियाकलापतर्फ लैजान सहयोग पु¥याने बताउनुभयो । एरो फार्मास्युटिकल्स प्रालिका प्रबन्ध निर्देशक डा पङ्कज तिवारीले ऊर्जा अडिट प्रक्रियालाई प्रकाशमय रहेको, जसले ऊर्जा अधिकतम् प्रयोग गर्ने नयाँ तरिकाहरू र अन्तरराष्ट्रिय सुरक्षा तथा मापदण्डहरूको पालना गरिएको उल्लेख गर्नुभयो ।

युरोपेली सङ्घ, नेपालका रञ्जन प्रकाश श्रेष्ठले परियोजनाको सहयोगपछि पनि ऊर्जा दक्षतासम्बन्धी आफ्नो प्रयास निरन्तर जारी राख्न प्रेरित गरेको बताउनुभयो । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले उद्योगहरूलाई राष्ट्रिय प्रयासमा योगदान पु¥याएकामा प्रशंसा गर्दै यस किसिमको सहयोगबाट नेपालको ऊर्जा भविष्यमा दीर्घकालीन प्रभाव पार्नेछ भन्नुभयो । परियोजनाका लागि ग्रिन ऊर्जावित्त विशेषज्ञ राजीवमङ्गल जोशीले यो पहलले नेपालको दिगो औद्योगिक अभ्यासलाई प्रवद्र्धन गर्न, वातावरणीय मापदण्डहरू पालना गर्न तथा मर्यादित श्रम अभ्यासहरूलाई प्रोत्साहन गर्न सहयोग पु¥याउने विश्वास गरिएको उल्लेख गर्नुभयो ।

युरोपेली सङ्घ तथा जर्मन सरकारको सहआर्थिक सहयोगमा, रिप–ग्रिन परियोजनाअन्तर्गत सञ्चालन भइरहेको यस अनुदान कार्यक्रमले उच्च प्रभावकारी ऊर्जा दक्षता पहलहरूलाई कार्यान्वयन गर्न आंशिक आर्थिक सहयोग प्रदान गर्दै आएको छ । अनुदान सहयोगमा कार्यान्वयन गरिएका उपायहरूबाट प्राप्त उपलब्धिहरूले भावी दिनमा सार्वजनिक तथा निजी क्षेत्रका कार्यक्रमहरूमा ऋण वा मिश्रित वित्तीय प्रणालीमार्फत लगानी प्रवाह गर्न सकिने सम्भावनाको नमूना प्रस्तुत गर्ने सो अवसरमा जानकारी दिइयो । यसबाट थप उद्योग र उद्यमहरूले ऊर्जा दक्ष उपायहरू अवलम्बन गर्न प्रोत्साहन पाउनेछन् र दिगो विकासमा योगदान पु¥याउने छन्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी