2026-07-26 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विगतको सिकाइ र भोगाइबाट यसवर्षको विपद्मा मिलेको सफलता

काठमाडौँ | पूर्वानुमान, सूचना प्रवाह र बुझाइमा एकरुपता कायम गर्न सकेको अवस्थामा प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ भन्ने पुष्टयाइँ यसवर्षको मनुसन पूर्वयोजना र प्रतिकार्यको तयारीबाट स्पष्ट भएको छ ।

विपद्को अवस्थामा सरोकारवालाबीच समन्वय, सहयोग र सहकार्य प्रभावकारी हुँदा विगतका तुलनामा यसवर्ष विपद्बाट हुने क्षति न्यूनीकरणमा सफलता मिलेको नेपाली सेनाले जनाएको छ । विपद्को स्वरुप र अघिल्लो वर्षको विपद् व्यवस्थापनको अनुभवका आधारमा तयार गरिएको मनसुन पूर्वतयारी र प्रतिकार्य योजनाको कार्यान्वयनबाट क्षति न्यूनीकरण गर्न सकिएको सेनाको विपद् व्यवस्थापन निर्देशन विष्णुकुमार खड्का बताउनुहुन्छ ।

“नेपाल हरेक प्रकारका प्राकृतिक प्रकोपका हिसाबले जोखिममा छ, मनसुन पूर्वतयारी र प्रतिकार्य योजना, विगतको सिकाइ र भोगाइसँगै तीन तहका सरकारबीच भएको समन्वयले यसवर्ष जनधनको क्षति न्यून गर्न सकिएको हो”, उहाँले भन्नुभयो ।

यसवर्षको मनसुनमा बाढी, पहिरोलगायत विभिन्न किसिमका मनसुनजन्य विपद् प्रतिकार्यको लागि १६३ स्थानमा जम्मा चार हजार ७२३ जना फौज खट्टिइ विपद् व्यवस्थापनमा सहयोग पु¥याइएको सेनाले जनाएको छ । सेनासँगै अग्रमोर्चामा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका साथै तीनै तहका सरकारको सहयोग तथा समन्वयमा यसपटक विपद् व्यवस्थापन गरिएको थियो ।

राजमार्गमा यातायात रोकिएको तथा सार्वजनिक बिदाका कारण पनि क्षति न्यूनीकरणमा सहयोग पुगेको सेनाको ठम्याइँ छ । सेनाले गत असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका घटनामा १८ जिल्लाबाट एक हजार ८२ जनालाई सकुशल उद्धार गरेको थियो । इलाम र झापामा बाढी तथा पहिरोमा फसेका २३ जनाको सैनिक हवाई साधनमार्फत उद्धार गरिएको थियो ।

कोशी प्रदेश सरकारको अनुरोधमा इलामको माङ्सेवुङ गाउँपालिकाको गजुरमुखी क्षेत्रमा ७९४ किलो राहत सामग्री ढुवानी गरिएको छ । इलाममा हाल पनि विपद् व्यवस्थापनको कार्य भइरहेको सेनाले जनाएको छ ।

गत वैशाख १ देखि असोज १९ गतेसम्म बाढी, पहिरो, भारी वर्षा, डुबान, चट्याङलगायत चार हजार ६५ विपद्का घटनामा २८५ जनाको मृत्यु, २७ बेपत्ता र एक हजार ७२ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसवर्षको मनसुन रसुवा र इलाम बढी प्रभावित भएका थिए । सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुनःस्थापना र पुनःनिर्माणको काम अघि बढाएको छ । इलाममा मात्रै पहिरोमा परी ३८ जनाको मृत्यु भएको थियो । नेपालबाट यसवर्षको मनसुन गत असोज २४ गतेदेखि बाहिरिसकेको छ ।

गतवर्ष २५१ स्थानमा भएको डढेलो तथा २०२ स्थानमा भएको आगलागी नियन्त्रणका लागि १० हजार ६६३ फौज खटिएका थिए । यस्तै महाकाली नदीमा नदीजन्य पदार्थ व्यवस्थापन गरी सम्भावित क्षति न्यूनीकरण गर्न महाकालीको पूर्वतर्फ २५२ मिटर लामो तटबन्ध, पश्चिमतर्फ दुई हजार ६०० मिटर र मध्य भागमा ५२५ मिटर लम्बाइको च्यानल बनाइएको सेनाले जनाएको छ ।

सेनाले स्वदेशमा मात्र नभई म्यानमारमा पुगी गत चैत्रको भूकम्पपछि प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । सेनाको टोलीले एक हजार ३५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ