2026-09-26 07:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

आयुर्वेद अस्पतालमा भर्नासहितको सुविधा

काठमाडौँ | यहाँको धौलागिरी आयुर्वेद अस्पताल स्तरोन्नति पश्चात् भर्ना गरेरै बिरामीहरुको उपचार गर्न थालिएको छ ।

गण्डकी प्रदेश सरकारले गत वर्ष औषधालयलाई स्तरोन्नति गरी २५ शय्याको अस्पताल बनाएको थियो । अस्पताल प्रमुख डा शरद पन्थीका अनुसार अहिले अस्पतालमा आठ शय्या क्षमतामा बिरामी भर्ना भइरहेका छ ।

अस्पतालले पुरानै कार्यालयलाई व्यवस्थापन गरेर बिरामीको भर्नासहित उपचार गरिरहेको छ । अस्पताल स्तरवृद्धिका लागि प्रदेश सरकारले गत वर्ष रु एक करोड ३६ लाखमा पूर्वाधार निर्माणसँगै जनशक्ति व्यवस्थापन गरेको थियो ।

गत वर्ष बहिरङ्ग सेवाका लागि १७ हजार बिरामी आयुर्वेद औषधालय पुगेका थिए । पछिल्लो तीन महिनामा २९ जना बिरामीले भर्ना भएर उपचार सेवा लिएका छन् ।

अस्पतालमा प्यारालाइसिस, नसा च्यापएको, हाडजोर्नी, ग्याष्ट्रिकलगायतका बिरामीको भर्ना गरेरै उपचार हुन थालेको छ । त्यसैगरी पञ्चकर्म, पूर्वकर्म, छारसुत्र सर्जरी, अकुपञ्चर र चिकित्सकीय योगलगायतको सेवा प्रदान गर्दै आएको छ ।

अस्पताल भवन भने साँघुरो रहेकाले नयाँ जग्गा व्यवस्थापन र भवन आवश्यक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह