२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भन्नुभयो, “यो आन्दोलन व्यर्थ नजाओस्”

११ कार्तिक २०८२, सोमबार १४:५३

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर जानुभएको थियो ।

“घाइतेको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ । उपचारमा कुनै कमी हुन दिइन्न”, मन्त्री शर्माले घाइतेलाई भेटेपछि सञ्चारकर्मीसँग भन्नुभयो, “उहाँहरुको अवस्था हेर्दा साह्रै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ त्यो नगर्नुस् । म सबैलाई यही अनुरोध गर्न चाहन्छु ।”

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल अस्पतालमा देशभर जेनजी आन्दोलनका ११ घाइते उपचाररत् छन् । राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेजमा दुई तथा बी एण्ड बी र नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य