2026-11-02 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौँ | वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित हुनुभएको छ । वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु ५१ हजार पुरस्कार राशि र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

वकालत तथा न्याय क्षेत्रमा विशिष्ट योगदान गरेवापत उहाँलाई प्रतिष्ठानले सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालले बताउनुभयो ।

माध्यमिककालीन कवि वैयाकरण नेपालको १०४औँ स्मृति दिवसका अवसरमा आज टङ्कमणि नेपाल स्मृतिग्रन्थको लोकार्पणसमेत गरिएको छ ।

व्याकरणविद् तथा साहित्यकार वैयाकरण नेपालका नाति, प्राध्यापक एवं साहित्यकार टङ्कमणि नेपालको स्मृतिमा टङ्कमणि नेपाल स्मृतिपुष्प सार्वजनिक गरिएको हो ।

पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्यायले उक्त ग्रन्थको लोकार्पण गर्नुभयो । प्राध्यापक नेपालका छोरी सुनिता नेपाल सुवेदीले भावी पिँढी र पाठकलाई कोसेलीस्वरुप ग्रन्थ प्रकाशन गरिएको बताउनुभयो ।

स्मृतिग्रन्थ समीक्षक प्राध्यापक बद्री विशाल भट्टराईले भोजपुरको टेम्के मैयुङमा जन्मिनुभएका नेपाल (१९९७–२०८०) भाषाप्रेमी प्राज्ञिक व्यक्तित्वका रुपमा रहनुभएकाबारे चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष नेपालले ग्रन्थमा लामो समय प्राध्यापन र सामाजिक सेवाका क्षेत्रमा क्रियाशील स्वर्गीय नेपालको अनवरत क्रियाशीलता, शालीन जीवनशैली र वाङ्मय क्षेत्रमा गरेका कार्यका विविध पाटालाई उजागर गर्ने सामग्री समावेश गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यादेवी दाहाल पुरस्कार भोजपुका दुई छात्रा योजना फुयाल र विनिता विष्टलाई अर्पण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने