2026-09-28 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा ३५ हजार खर्च गरेर छोरोलाई फलामे खोरमा

अमृत बास्तोला। असोज ९, तेह्रथुम। एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । 

घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पुर्याएको हो । 

वैदेशिक रोजगारीका लागि दाहाल विसं २०६३ मा दुवई जानुभएको थियो । दाहाललाई कक्षा ८ मा पढ्दापढ्दै कमाउन विदेश जाने हावाले छोयो । बुबाआमाले रु एक लाख ५० हजार खर्च गरेर दुवई पठाइदिनुभयो । छ महिनापछि उहाँले पहिलो कमाइ रु ७० हजार घर पठाउनुभयो । वैदेशिक रोजगारीका क्रममा दुवई पुग्नुभएका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किनुप¥यो । 

दसौँ महिनामा बिरामी भएको खबर आयो, काठमाडौँ ल्याएर उपचार ग¥यौँ । बुबा चूडामणि दाहालले भन्नुभयो, “छ महिनासम्म औषधि खाएपछि सन्चो भयो ।” निको भएपछि उदयनारायण पुनःभारतको मद्रास जानुभयो । दुई महिना नपुग्दै फेरि बिरामी भएर फर्किनुप¥यो । बुबाआमाले ललितपुरको मानसिक अस्पताल उपचारका गराउनुभयो । 

अस्पतालमा डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिनुभयो । आमा मैना भन्नुहुन्छ, “औषधि उपचारमा करिब रु पाँच लाख खर्च भयो । “ऋण लिएर औषधि उपचार गरियो, एक वर्ष नबित्दै एक दिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुबालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुबा बेहोस भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लानुप¥यो ।” थप उपचारका लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको विरक्तिँदै बुबा चूडामणिले बताउनुभयो । 

“नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर रु ३५ हजारमा फलामको खोर अर्डर ग¥र्यौं । अहिले त्यही खोरमा थुनेर राखिएको छ ।” छोरालाई थुनेर राख्नुपर्दा कुन बाबुआमाको मन नरोला र ?” उदयनारायण खोरभित्रै खानेकुरा थापेर खानुहुन्छ । कपडा फेर्न, कपाल, दाह्री काट्न दुई÷चार जना लाठे खोजेर उहाँलाई बाहिर निकाल्नुपर्छ । खोरभित्रै शौचालयको प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा उहाँ आउनुहुन्छ र कुरा गर्नुहुन्छ । सामान्य अवस्थामा आउँदा उदयनारायणले भन्नुभयो, “औषधि गर्न पाए ठीक हुन्थें होला !” उदयनारायणले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको आशा छ । छोराको उपाचारका लागि दाहाल परिवारले आवश्यक सहयोगको याचना गरेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह