२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘हामी पुग्ने ठाउँसम्म पुगेका छैनौं, विश्राम मात्र लिएका छौँ’ – प्रचण्ड

२०७४, ९ आश्विन सोमबार २०:१८

असोज १०, कालीकोट | (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले परिकल्पना गरेअनुसारको नेपालमा राज्यव्यवस्था नआएको बताउनुभएको छ । 

माओवादी केन्द्र कालीकोटले आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “भारी बोक्दा थकाइ लागेपछि विश्राम गर्नुपर्छ त्यसरी नै अहिले हामी पुग्ने ठाउँसम्म पुगेका छैनौं, विश्राम मात्र लिएका छौँ ।” 

नेता प्रचण्डले देशमा ऐतिहासिक परिवर्तन गर्न कालीकोटको पिली र माल्कोटले खेलेको भूमिकाप्रति आभार प्रकट गर्दै क्रान्ति पूरा गर्न अझै साथ चाहिने बताउनुभयो । पूर्वप्रधानमन्त्री प्रचण्डले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा कर्णालीको विकासका लागि विशेष योजना बनाएको, नेपालमा शून्य दशमलव आठ प्रतिशतमा झरेको आर्थिक वृद्धिदर २५ वर्षपछि सात दशमलव ५ प्रतिशत बढेको, संविधान घोषणा र कार्यान्वयन, स्थानीय तहको निर्वाचन, ठूला राष्ट्रिय योजना कार्यान्वयन र विद्युत्भार कटौती अन्त्य जस्ता काम भएको बताउनुभयो । 

कर्णालीको प्राकृतिक सम्पदा, जल, जमीन र जडिबुटीको उचित प्रयोग गर्दै चीनसँग जोडिएको क्षेत्रका नाका खुला गर्न र सडक आयोजना सञ्चालनका लागि विशेष योजना तय भएको जानकारी दिँदै उहाँले नाक्चे नाँग्ला र हिल्सा नाका खुलेमा यहाँका बेरोजगार युवाले रोजगारी पाउने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश