सास । असोज १०, बर्दिया । 

उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १०, बर्दिया । 

उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घाम"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चर्कोे घाममा किन ध्यान बसे यी बालक ? ( हेर्नुहोस् भिडियो सहित)

१० आश्विन २०७४, मंगलवार १०:१२

सास । असोज १०, बर्दिया । 

उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घामको कुनै पर्वाह नगरी मस्तसँग ध्यानमुद्रामा छन् । 


बडो अचम्मैको दृश्य थियो गुलरियाको कोटही मा.वि.मा असोज १० गतेको दिन । वरिपरी दर्शकहरुको पनि उत्तिकै भीडभाड रहेको थियो । हिन्दू स्वयंसेवक संघको आयोजनामा आयोजित एक हप्ते प्राथमिक शिक्षा वर्ग कार्यक्रमको समापनको दृश्य थियो यो । 

युवाहरुमा हिन्दूत्व र हिन्दू धर्मको ज्ञान दिनु र राष्ट्र र राष्ट्रप्रति जिम्मेवार बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मुख्य शिक्षक महेशनाथ योगीले बताउनुभयो । 

कार्यक्रममा अन्य शिक्षकहरुमा नेपालगञ्ज विभागका विद्यार्थी विस्तारक तथा यस वर्गका आपूर्ती प्रमुख लक्ष्मण यादव, नगर विद्यार्थी विस्तारक नेपालगञ्ज केन्द्रकासुजन शर्मा बौद्धिक प्रमुखका रुपमा, यसैगरी बर्दिया जिल्लाको जिल्ला विद्यार्थी विस्तारक सुरज थारु, दाङको घोराही नगर विद्यार्थी विस्तारक योगेन्द्र तामाङ्ग, यसैगरी दाङ लमहीका गोकर्ण अधिकारी, रवीन्द्र तिमिल्सिना रहनुभएको थियो भने पत्रकारका रुपमा यज्ञराज उपाध्याय रहनुभएको थियो ।

व्यक्तिमा भएको कुरिती हटाई युवाहरुलाई संस्कारित बनाउन र वैदिक सनातन धर्मको जानकारीका साथ आध्यात्मिक र वैदिक ज्ञान दिनका लागि यो कार्यक्रम आयोजना गरिएको मुख्य शिक्षक महेशनाथ योगीले बताउनुभयो । साथै वहाँले आफ्नो धर्म संस्कृति बचाउनका लागि अन्य मुलुकबाट सात समुद्र पार गरेर आउछन् भने हामी यहीँ बसेर आफ्नै धर्म र संस्कृतिको संरक्षणका लागि किन समय दिन सकिरहेका छैनौ भन्दै आम हिन्दू हुँ भन्ने हरुका लागि प्रश्न राख्नुभयो । 

कार्यक्रका प्रमुख अतिथि बासुदेव मिश्रले जसरी सुन आगोमा तताउँदा निखारिन्छ त्यसैगरी सहभागी भाइहरुको क्षमता र प्रतिभा निखारिँदै जाओस भन्नुहुँदै पूजापाठले मात्रै धर्मको संरक्षण नहुने भएकोल हामी यो अभियानलाई अगाडि बढाइएको बताउनुभयो । साथै वहाँले हिन्दू स्वयं सेवक संघले नेपाल लगायत विश्वका ४० देशमा आफ्नो सेवा विस्तार गरी धर्म संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न लागि परिहरेको बताउनुभयो । हिन्दू धर्ममा चारैतिबाट प्रहार भैरहेको अवस्थामा हाम्रो उद्देश्य भनेको राष्ट्रभक्त, नैतिकवान र चरित्रवान बालबालिकाहरु निर्मााण गर्नु रहेको बताउनुभयो । 

कार्यक्रममा धार्मिक व्यक्तित्व राजेन्द्र यादव तथा विभिन्न स्थानीय वुद्धिजिवीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम वर्गका वर्गाधिकारी प्रभात सुवदीको सभाध्यक्षतामा सम्पन्न गरिएको हो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य