१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेसिया सिन्डिकेटमा आफू संलग्न नरहेको मेडिकल व्यवसायी कैलाश खड्काको दावी

२३ कार्तिक २०८२, शनिबार ११:१४

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा आएको समाचार र आरोपहरू प्रति खण्डन गरेका छन् ।

साझा सबाल मिडियाले सामाजिक संजाल मार्फत सार्वजनिक गरेको मलेसिया सिन्डिकेट सम्बन्धि पछिल्ला भिडियो रिपोर्टपछि व्यवसायी खड्काले खण्डन पठाउँदै भनेका छन्- ‘मेरो नाम लिँदै मलाई सिडिकेटरधारी भनिएको छ । म सिडिकेटरधारी होइन, म म्यानपावर व्यवसायी पनि होइन। यो विषयमा मेरो कुनै नियन्त्रण वा निर्देशन चल्दैन । आरोप लगाइएको विषयमा मेरो कुनै संलग्नता छैन । म नेपाल सरकारको नियम–कानुनअनुसार अनुमतिप्राप्त ३६ वटा स्वास्थ्य संस्थाहरूमध्ये एउटा स्वास्थ्य परीक्षण गर्ने संस्थाको सञ्चालक हुँ । वैदेशिक रोजगारका सम्बन्धमा श्रम ल्याउने वा कामदार पठाउने वा सिडिकेट गर्ने कार्यमा मेरो कुनै संलग्नता हुँदैन ।’

व्यवसायी खड्काले नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारमा जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षण गर्ने व्यवस्थापनसँगै खडा भएको संस्था भएको समेत दावी गरेका छन् । मलेसिया बायो-मेडिकलमा सिन्डिकेट रहेको र सोहि गिरोहले मलेसियाको सिन्डिकेटधारीहरुसँग मिलेर मलेसिया रोजगारमा समेत सिन्डिकेट लगाउन भूमिका खेलेको विषय उठेको थियो । यसै सम्बन्धमा व्यवसायी खड्काले  मलेसिया मेडिकल गर्ने ३६ मेडिकल संस्थामा आफूले कुनै सिन्डिकेट नगरेको समेत दावी गरेका छन् । उनले भनेका छन् ‘यो कार्यमा कुनै पनि प्रकारको एकाधिकार भएको छैन ।’ व्यवसायी खड्काले उच्च र सर्वोच्च अदालतले समेत मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षणमा कुनै प्रकारको एकाधिकार नभएको अन्तिम फैसला गरिसकेको दावी गरेका छन् । उनले आफूप्रति लगाईएको आरोप कपोकल्पीत र भ्रामक दुश्प्रचार गर्ने उदेश्यले गरिएको खण्डन मार्फत भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार