२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ र गुल्मीमा चार बेलिब्रीज स्थापित

२०७४, ११ आश्विन बुधबार ०२:४२

असोज ११, बागलुङ (रासस) | राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ र गुल्मी खण्डमा नेपाली सेनाले निर्माण गरेका चार बेलिब्रीज मंगलबार उद्घाटन गरिएको छ । 

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले बागलुङमा पर्ने तीन र गुल्मीको एउटा बेलिब्रीजको उद्घाटन गर्नुभएको हो । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौंरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित गौदीखोलाको बेलिब्रीजको शुरु गरिएको हो । 

बेलिब्रीज उद्घाटन भएसँगै बागलुङमा सवारी चल्न बाँकी रहेको २३ किमीको टाकुरी–पालुङखोला खण्डमा सार्वजनिक यातायात चल्न थालेका छन् । यातायात शुभारम्भका क्रममा नेपाली सेनाको विकास निर्माण निर्देशनालयका महानिर्देशक योगेन्द्रबहादुर खाँड, निर्देशक उद्धव विष्ट, कार्यालय प्रमुख, जनप्रतिनिधि, राजनीतिक दललगायत सर्वसाधारण उपस्थित थिए । सदरमुकामदेखि हिँडेका बस र जिपले पुल तरेर अगाडिको यात्रा तय गर्दा यात्रु र प्रत्यक्षदर्शीले खुशीयाली मनाएका थिए । 

सो अवसरमा प्रधानसेनापति क्षेत्रीले जनताको सहयोगमा मात्र सेनाले काम गर्नसक्ने बताउँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिइने छ भन्नुभयो । व्यवस्थापिका–संसद्, विकास समितिका सदस्य प्रकाश शर्मा पौडेलले यस वर्ष बागलुङ खण्डका लागि थप रु २५ करोड र गुल्मीका लागि रु ३५ करोड बजेट छुट्याउन समितिले पहल गरिरहेको जानकारी दिनुभयो । 

करिडोर निर्माण कार्यदलका प्रमुख इञ्जिनियर रेश्मीराज भट्टराईले जैमिनी नगरपालिका–७ को लौहाखोलामा थप एक बेजिब्रीज बन्न बाँकी रहेको र सेनाको जिम्मामा रहेको गुल्मीको रिडीदेखि बागलुङको मालढुंगासम्मको ८५ किमी मार्ग खोल्दा रु एक अर्ब तीन करोड खर्च भएको जानकारी दिँदै पुल निर्माण, मर्मतसुधार र स्तरोन्नतिको लागि थप रु एक अर्ब चाहिने बताउनुभयो । सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा सेनालाई दिएको थियो । 

नेपाललाई भारत र चीनसँग जोड्ने ३४५ किमीको सो करिडोरको मार्ग खोल्ने काम गत असारमै पूरा भए पनि वर्षायाममा यातायात चलेको थिएन । पुलको निर्माण र वर्षा घटेसँगै अहिले छोटो दूरीमा सवारीसाधन चलिरहेका छन् । यात्रुको माग र सडकको अवस्था हेरेर लामो दूरीका सवारी चलाउने योजना रहेको धौलागिरि अञ्चल बस व्यवसायी सञ्चालक समितिका अध्यक्ष उमेश केसीले बताउनुभयो । व्यापार र पारवहनका दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी