असोज १५, चितवन | भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १५, चितवन | भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपच"/>

2026-08-31 12:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने

असोज १५, चितवन | भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । 

महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो । 

भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि तयारी थालिने बताउनुभयो । “वडा तहबाट योजना संकलन गर्ने काम हुनेछ”, उहाँले भन्नुभयो, “डेढ महिना ढिलो भएपनि हामी आन्तरिक तयारीमै थियौँ, बजेट सिलिङ बनाएर वडा तहमा योजना माग गर्न जानेछौँ ।” 

प्रमुखको संयोजकत्वमा रहेको महानगरको स्रोत अनुमान समितिको बैठकमा स्रोत पहिचान गरेर क्षेत्रगत बजेट सिलिङ तयार गरी वडा तहमा योजना मागका लागि संयन्त्र परिचालन हुने कार्यकारी अधिकृत जोशीले बताउनुभयो । 

वडा भेलामार्फत तल्लो तहबाट उच्च प्राथमिकतामा परेका योजना संकलन गरिनेछ । २९ वटै वडाबाट आएका योजनाका आधारमा समग्र महानगरको बजेट नीति तथा कार्यक्रम बन्ने उपप्रमुख पार्वती शाहले बताउनुभयो । उहाँका अनुसार कात्तिक २० गतेभित्र वडा तहबाट योजना संकलन गर्ने काम पूरा हुनेछ । कात्तिक मसान्तभित्र नगरसभा गर्ने तयारी गरिएको छ । 

महानगरले छ वटा क्षेत्रगत समिति बनाएर वडा–वडाबाट माग भएका योजनाको छलफल गरी अत्यावश्यक योजना समेट्ने रणनीति बनाएको छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा योजना तर्जुमा समितिमा छलफल भएपछि समग्र योजना नगरसभामा प्रस्तुत गरिनेछन् । 

गत वर्षका अधुरा योजना यसपालि कार्यान्वयनको चरणमै रहने उपप्रमुख शाहले बताउनुभयो । कार्यकारी अधिकृत जोशीले विगतका स्थानीय निकायको बजेट आकार तथा वर्तमान अवस्था विश्लेषण गर्दा झण्डै रु तीन अर्ब बराबरको बजेट प्रक्षेपण हुने सम्भावना रहेको बताउनुभयो । 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले बजेटमा सडक सञ्जाल पहिलो प्राथमिकतामा रहने बताउनुभयो । त्यसैगरी पिउने पानी र आयआर्जनका काम अल्पकालीन योजनाका रुपमा रहने उहाँले बताउनुभयो । 

दीर्घकालीन योजनाका रुपमा बृहत् गुरुयोजना निर्माण गरी मेगा सिटी, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष बजेटको व्यवस्था गरिने प्रमुख दाहालले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो