सास । असोज १६, बर्दिया ।

हिजो साँझ दुई पक्षबीच भएको झडपका कारण उत्पन्न असामान्य परिस्थितिपछि थप असामान्य नहोस् भनी जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं. ११ को मोहम्मदुपर आसपास क्षेत्रमा अनिश्चितकाली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १६, बर्दिया ।

हिजो साँझ दुई पक्षबीच भएको झडपका कारण उत्पन्न असामान्य परिस्थितिपछि थप असामान्य नहोस् भनी जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं. ११ को मोहम्मदुपर आसपास क्षेत्रमा अनिश्चितकाली"/>

2026-09-15 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा कर्फ्यू : अहिले स्थिति सामान्य

सास । असोज १६, बर्दिया ।

हिजो साँझ दुई पक्षबीच भएको झडपका कारण उत्पन्न असामान्य परिस्थितिपछि थप असामान्य नहोस् भनी जिल्ला प्रशासन कार्यालय बर्दियाले गुलरिया नगरपालिका वडा नं. ११ को मोहम्मदुपर आसपास क्षेत्रमा अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । 


बाँकेको नेपालगञ्ज लगायत बर्दियाका विभिन्न स्थानबाट बबई भादा नदीमा देवीको मुर्ती बिर्सजन गर्न लैजाँदै गरेको समूह र लालपुरदेखि गणेशपुरतर्फ ताजीया बिर्सजनका लागि गैरहेको समूहबीच सडकमा जम्काभेट हुँदा विवाद सिर्जना भई हिजो साँझ झडप भएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

 झडपका क्रममा भागदौड तथा कुटाकुट हुँदा स्थानीय ३२ वर्षीया सुन्धारा रैदास, ३ वर्षीया बालिका रीता रैदास, १९ वर्षीय विष्णु राढ, ६० वर्षीय गुडाना रैदास, ४२ वर्षीय देवीराम रैदास, ४० वर्षीय जगतपाल राड र ३५ वर्षीय सुखराना राड घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको उपचार भैरहेको जनाइएको छ । झडपका क्रममा दुवै समूहका व्यक्तिहरु घाइते भएका छन् । 


यतिखेर नेपाल भारतको सिमा लगायत नेपालगञ्ज गुलरिया सडक खण्डको मोमम्मदपुर लालपुरमा सेना, सशस्त्र तथा प्रहरीहरु परिचालन गरिएको छ । अहिले स्थिति शान्त रहेको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ