२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सडक सञ्जालमा कहिले जोडिएला दार्चुलाको लेकम गाउँपालीका ?

२०७४, १९ आश्विन बिहीबार ०१:३५

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । दार्चुला जिल्लाको दक्षिणि क्षेत्रमा पर्ने लेकम गाउँपालीका अहिलेसम्मपनि कुनै किसिमको सडक सञ्जालमा नजोडिएको गाउँपालीका हो । 


सडक समस्याका कारण यहाँका नागरीकहरुले बिभिन्न काममा सास्तीमात्र छैन, सडक अभाबकै कारण सम्पुर्ण बिकास निमार्णका कामहरुमा लेकम गाउँपालीका पछि परेको छ । लामो समयदेखी सडक यातायातको प्रतिक्षामा रहेका नागरीकहरुले गाउँपालीकालगायत सम्बन्धीत पक्षले सडक निमार्णमा जोड दिनुपर्ने माग राखीरहेका छन ।

लेकम गाउँपालीका जोड्ने ऐरिछाना धनथला क्षेत्रिय पर्यटन सडक निमार्णकार्य सुरु भएको लामो समयसम्म समेत निमार्ण गतिमा तिब्रता नहुदा हालसम्मपनि लेकम गाउँपालीका क्षेत्रमा सडकको पहुच पुग्न नसकेको हो । बिगत लामो समयदेखी बिबादका कारण सर्बेकार्य समेत रोकीएको यो सडकखन्डको गाउँपालीकाको समन्वयमा अहिले सर्बे गरीएको छ । 

सर्मोली र खरकडा दुबै क्षेत्रका स्थानियहरुले आआफ्नो क्षेत्रबाट सडक जानुपर्ने जोडदार माग राखेपछि सर्बेकार्य समेत प्रभाबित बनेको थियो । पछिल्लो समय गाउँपालीकाले दुबै क्षेत्रभएर दुइ खन्डमा संगै सडक बिस्तारकालागी पहल गर्ने आश्वासन दिएपछि सर्बेकार्य अगाडि बढीरहेको छ । तत्काल १० किलोमिटर सडक सर्बेको काम भइरहेको लेकम गाउँपालीका अध्यक्ष प्रमानन्द जोशीले जानकारी दिनुभयो ।

देश संघिय संरचनामा गएपश्चात स्थानिय तह निर्बाचन भएर गाउँपालीकामा स्थानिय सरकारको गठन भएको छ । अधिकासं स्थानिय तहले चालु आर्थीक बर्षमा कार्यान्वयन गर्ने बजेट तथा कार्यक्रम समेत निमार्ण गरेर सार्बजनिक गरीसकेका छन । 

लेकम गाउँपालीकाले समेत गाउँपालीकाको पहिलो अबिधेशनबाटै निति तथा कार्यक्रमहरुमा सडक निमार्णलाइ प्रार्थमिकतामा राखेर २ करोड ३० लाख रुपैया बजेट बिनियोजन गरेको अध्यक्ष जोशीले बताउँनुभयो । उक्त बजेटबाट एउटा सडक खन्ने मेसिन खरीद गरीने र बाकी रकमबाट सबै वडा कार्यालयमा यातायात पहुच हुनेगरी गोकुलेश्वरदेखी उचाकोट, खरकडा हुदै लालीसम्म जोड्ने सडक निमार्णको काम अगाडि बढाउँने जोशीको भनाइ छ ।

पक्कैपनि दृढइच्छासक्तिका साथ सडक सञ्जालको बिस्तार गर्ने योजनाहरुमा तिब्रता दिन सकिने हो भने गाउँपालीकाका प्रतेक वडासम्म छिटै यातायात पुग्नेछ । र यहाका बिकास निमार्णका कामहरुमा तिब्रता देखी आम नागरीकहरुले यातायात अभाबमा भोग्नुपरेका समस्या समाधान हुनेछन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी