२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दार्चुलामा जारी टी-ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताका खेलहरु जारी

१९ आश्विन २०७४, बिहीबार ०१:४०

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । बिजयादशमी २०७४ को अवसरमा शान्तिद्धिप युवा क्लब असिगडाले महाकाली नगरपालीका ७ धापमा आयोजना गरेको खुल्ला आमन्त्रण टि ट्वान्टि क्रिकेट प्रतियोतितामा बुधबारसमेत ३ ओटा खेलहरु सम्पन्न भएका छन । 

बुधबार दत्तु किलर भर्सेज प्रयास युवा समाज धम्पनेरा ए टिम, दत्तु टाइगरस भर्सेज श्रिबगड र किम्तडि करेन्ट भर्सेज प्रयास युवा समाज धम्पनेरा बि बिच तिनओटा खेलहरु सम्पन्न भएका हुन । दत्तु किलर र प्रयास युवा समाज धम्पनेरा ए टिमबिच भएको खेलमा धम्पनेरा ए ४० रनले बिजयि भएको छ । धम्पनेराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याउँने क्रममा दत्तु किलर १ सय ४ रनमा सबै विकटे गुमाएपछि धम्पनेरा ए बिजयि भएको हो । 

यस्तै दत्तु टाइगरलाइ हराउँदै श्रिबगड १५ रन अन्तरले बिजयि भएको छ । श्रीबगडले दत्तुलाइ दिएको १ सय ७५ रनको लक्ष्य पुरा गर्ने क्रममा दत्तु १ सय ५९ रनमै समेटिएको छ । बुधबारको तेस्रो खेलमा किम्तडि करेन्टर्ला हराउदै प्रयास युवा समाज धम्पनेरा बि टिम विजयी भएको छ । धम्पनेरा २६ रन अन्तरको विजयी भएको हो । धम्पनेरा बि टिमले दिएको १ सय ५१ रनको लक्ष्य पुरा गर्ने क्रममा किम्तडि १ सय २४ रनमै समेटियो ।

यसैगरी अपि हिमाल गाउँपालिकाको खात्तीमा भइरहेको टि ट्वान्टी क्रिकेट प्रतियोगिता पनि आज ३ वटा खेल सम्पन्न भएका छन् । जसअनुसार पहिलो खेल खत्तोली र अपि नाम्पा पर्यटन विकास क्रिकेट टिम बीच भएको खेलमा अपि नाम्पा पर्यटन विकास क्रिकेट टिम विजयी भएको छ । पहिले व्याटिङ गरेको खत्तोली ९६ रनम समेटिएको थियो । उक्त लक्ष्य पर्यटन विकास क्रिकेट टिमले ११ ओभरमै भेट्टयो । 

पर्यटन विकास क्रिकेट टिमको लागि गौरब बोहरा म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो खेल घाजिर र नौपाटा बीच भएको खेलमा नौपाटा विजयी भएको छ । पहिले व्याटिङ गरेको घाजिर १४ दशमलव २ ओभरमा ५७ रनमै सबै विकेट गुमायो भने जवाफी व्याटिङमा उत्रिएको नौलो विहानी नौपाटाले १० ओभरमै जीत हासिल गरयो नौपाटाको लागि योगेश ठेकरे म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै तेस्रो खेल छविस र न्यू नाम्पा घुसा बीच भएको छ । पहिले व्याटिङ गरेको छविसले २० ओभरमा १ सय ६४ रनको लक्ष्य दिएकोमा घुसार १८ ओभरमा ८४ रनमै समेटियो । छविसको लागि लक्की कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।

सनराइज युवा क्लव खण्डेश्वरीको आयोजनामा भइरहेको क्रिकेट खेलमा जम्मा २२ ओटा टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य