2026-08-29 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका दूई ठाउँमा ५०/५० हजार राशिका जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

कमल रावल/असोज २२, अछाम । अछाम जिल्लामा अहीले सम्मकै सबैभन्दा ठुला धनराशिका २ वटा क्रिकेट प्रतियोगिता हुने भएका छन । 

क्षेत्र स्तरिय समान ५०—५० हजार राशिका क्रिकेट प्रतियोगिता हुन लागेका हुन । क्षेत्र अनुसार अछामको क्षेत्र नम्बर १ रिडीकोट र क्षेत्र नम्बर २ को कमलबजारमा प्रतियोगिता हुन लागेका हुन । क्षेत्र नम्बर १ को बडासैन खेलमैदान रिडीकोटमा असोज २३ गते सोमबार बाट र २ को कमलबजार एयरपोर्ट मैदानमा असोज २६ गते बिहिबार बाट प्रतियोगिता सुरु हुन लागेका आयोजकले जनाएका छन ।

क्षेत्र नम्बर १ रिडीकोटमा हुने प्रतियोगितालाई सफल पार्नका लागि स्थानिय तह नगरपालिका र वडा तथा साफेबगर क्षेत्रका बजारमा सहयोगका लागि अभियान बढाईएको खेलाडी अनिल कुवरले बताउनु भयो । 

रिडीकोटमा विगत बर्षहरु देखि प्रतियोगिता हुदै आएकाले यसपाली झनै ब्यवस्थित सहीत ठुलो धनराशिको बनाईएको बताउनु भयो । प्रतियोगितामा अछाम, डोटी, बाजुराका टिमले सहभागीता जनाउने बताईएको छ । यता क्षेत्र नम्बर २ को कमलबजारमा भने पहीलो पटक नै ठुलो धनराशिको प्रतियोगिता हुन लागेको हो । 

कमलबजार नगरपालिकाको सहयोग तथा अछाम क्रिकेट सँघको समन्वयमा हुन लागेको प्रतियोगिताका लाई सफल पार्नका लागि आवश्यक तयारी अघि बढेको खेलाडी विर बहादुर भण्डारीले बताउनुभयो । 

कमलबजारमा प्रतियोगितामा प्रथम टिमले ५० हजार र दोस्रो हुनेले २० हजार हात पार्ने भएको छ । प्रतियोगितामा अछाम जिल्ला लगाएत छिमेकी जिल्लाका टिमले समेत सहभागिता जनाउने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु