१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि जोर्डनसँग श्रम सम्झौता हुँदै, न्युनतम तलब र सेवा/सुबिधा के-के ?

२२ आश्विन २०७४, आईतवार १८:२१

असोज २३, काठमाडौं । नेपालले कतार पछी दोश्रो श्रम गन्तब्य मुलुक को रुपमा जोर्डनसँग द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारी गरेको छ । 

जोर्डनसँग सम्झौता भए १२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको दोस्रो श्रम सम्झौता हुनेछ । यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । वर्षमा चारदेखि पाँच लाख कामदार विदेश पठाइरहेको नेपालले अन्य मुलुकसँग सम्झौता गर्न सकेको छैन ।

श्रम सम्झौताको लागि मुख्य मानिएको तलब बारे भने नेपाल सरकारले कुनै उल्लेख गरेको छैन । तर तलब तथा नेपाली कामदारलाई दिने सेवा सुबिधा तथा तलब सम्बन्धि मस्यौदा जोर्डन सरकारले तोके बमोजिम हुने बताइएको छ । 

नेपाली कामदारहरुको लागि जोर्डनका कम्पनीहरुले निकै न्यून तलब तोक्ने गरेका छन् । यसै कारण पनि जोर्डनलाई कम तलब दिने मुलुकको रुपमा चिन्ने गरिन्छ । श्रम सम्झौतामा न्युनतम तलब नतोक्दा नेपाली कामदारहरु ठगिने सम्भावना हुन्छ । यसै कारण पनि जोर्डनसंगको श्रम सम्झौता प्रभावकारी नहुने बताइएको छ । 

नेपालले असोज अन्तिम साता जोर्डनसँग श्रम सम्झौताको तयारी गरेको छ । महिला कामदारको मुख्य गन्तव्य मानिने जोर्डनमा बिशेष गरि गार्मेन्ट उद्योगमा नेपाली कामदारको माग धेरै छ । श्रम सम्झौतापछि त्यहाँ घरेलु महिला कामदार पनि जान पाउनेछन् ।

जोर्डनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग बसेर काम गरिरहेकोले पनि नेपाली कामदारहरुको लागि राम्रो हुने सरकारको विश्लेषण छ । 

तलब बारे नेपाल लचिलो बनेपनि जोर्डन सरकारको नीति बमोजिम तलब तथा सेवा सुबिधा तोकिने हुनाले समस्या नहुने नेपाल पक्षका अधिकारीहरुको बुझाई छ । त्यस्तै श्रम सम्झौता पछी नेपालबात जोर्डन जाने कामदारहरुलाई फ्री भिसा–टिकट र २४ घण्टे बीमा सुबिधा पनि उपलब्ध गराईने छ । त्यस्तै, करार अवधिभर कामदारलाई २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा उपलब्ध गराउन पनि जोर्डन सहमत भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन