२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वन पैदावर बिक्रीबाट सामुदायिक वनको पचास लाख आय

२३ आश्विन २०७४, सोमबार ०४:०३

असोज २३, कञ्चनपुर । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा रु ५० लाख आय गर्दै आएको छ । 

सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्रै सामुदायिक वनले वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएको छ । 

कागतीका पाँच हजार र आँपका ७०० रुखलाई वार्षिक रुपमा रु एकलाख ६५ हजार दिने गरी ठेक्का दिई आम्दानी गरिँदै आएको सामुदायिक वनका सचिव लोकेन्द्रराज जोशीले बताउनुभयो । 

“काठ, अदुवा, बेसार र ढुंगा उपभोक्तालाई न्यून शुल्कमा बिक्री गरी अन्य आम्दानी हुँदै आएको छ” उहाँले भन्नुभयो । सामुदायिक वनले गरेको आम्दानीमध्ये रु ३५ लाख रकम खर्चेर जंगली जनावर बस्तीमा छिर्न नदिनका लागि यस वर्ष झण्डै डेढ किलोमिटर क्षेत्रमा तारबार गरेको छ । 

“स्थानीय सडकमा ग्राभेल हाल्न, विद्यालयलाई कम्प्युटर, मन्दिर निर्माण गर्न र स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएका छौँ” सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले भन्नुभयो । 

सामुदायिक वनले अर्को वर्ष पिकनिक स्पट निर्माण गर्ने, नर्सरी व्यवस्थापन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा सामुदायिक वनलाई विकास गर्ने, असहायलाई सहयोग रकम निरन्तर उपलब्ध गराउने र रोजगारीका अवसर सिर्जना गर्नमा भूमिका खेल्ने खालका कार्यक्रम ल्याउनका लागि योजना अघि सारेको छ । 

चार सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा एक हजार २०० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन विसं २०५४ मा स्थापना भएको हो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की