2026-07-26 04:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा प्रमुख दलद्वारा उम्मेदवार सिफारिस, को-को भए ? (सुचिसहित)

असोज २३, कपिलवस्तु । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तीन दलले उम्मेदवार छानेका छन् । 

तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभा क्षेत्र रहेको यस जिल्लामा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन् । नेपाली काँगे्रसबाट यसै हप्ता मात्रै भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिनुभएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्व मन्त्री कमलेश शर्माको नाम प्रतिनिधि सभा क्षेत्र नं १ को लागि सिफारिस गरिएको छ । 

यसैगरी क्षेत्र नं २ बाट पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरिएको छ । त्यसैगरी क्षेत्र नं ३ बाट हालै संघीय समाजवादी फोरम परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका सांसद अभिषेकप्रताव शाहको नाम सिफारिस गरिएको सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिनुभयो । 

नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेशका लागि ६० जनाको नाम पठाएको छ । नेकपा (एमाले)बाट एमाले क्षेत्र नं १ बाट विष्णु पन्थी, सांसद बलराम अधिकारी, शारदा पोख्रल र हीरालाल पौडेलको नाम सिफारिस गरेको छ । त्यस्तै २ बाट सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरेका सांसद वृजेशकुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ । 

क्षेत्र नं ३ बाट महादेव पोख्रेल, क्षेत्रबहादुर खत्री, निशा विक, सुशीला खनाल, अहमद अब्दुल रउफको नाम सिफारिस गरिएको एमाले उपाध्यक्ष बाबुराम खनालले जनकारी दिनुभयो । प्रतिनिधि सभाको समानुपातिकतर्फ नौ जना र प्रदेशतर्फ १९ जनाको नाम पठाएको एमालेले जनाएको छ । 

नेकपा (माओवादी केन्द्र)ले १ बाट प्रतिनिधि सभामा हालका लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ बाट गिरीधरीलाल न्यौपाने तथा जिल्ला सहइञ्चार्ज रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ । 

त्यस्तै क्षेत्र नं ३ बाट माओवादी स्थायी समिति सदस्य चन्द्रपाणी खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ । प्रदेश सभामा विष्णु बेल्वासे, सन्तोषी पाण्डे, जावेद मुसलवानको मात्रै नाम टुंगो लागेको बताएको छ । 

स्रोतका अनुसार एमाले र माओवादीसहित नयाँशक्तिको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलफल भइरहेको नेताहरुले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ