११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित

११ पुष २०८२, शुक्रबार १०:११

क्वालालम्पुर, मलेशिया । मलेशियाली अदालतले बिदेशी कामदारहरूको अधिकारको रक्षा गर्दै, MediCeram Sdn. Bhd. नामक मलेशियाली कम्पनीलाई जबर्जस्ती कामदार फिर्ता पठाउन रोक लगाएको छ । यो ऐतिहासिक निर्णयले मलेसियाका न्यायिक निकायहरु बिदेशी श्रमिकको पक्षमा छन् भन्ने संदेश दिएको छ ।

यो निर्णयलले मलेसियामा रहेका विदेशी कामदारहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, जसले लामो समयदेखि शोषण र अत्याचारको सामना गरेका थिए ।

मेडिसराम, जो ग्लोभ मोल्ड आपूर्तिकर्ताका रूपमा अन्सेल, यटी, टप ग्लोभ र क्यूब जस्ता बहुराष्ट्रिय कम्पनीहरूसँग जोडिएको छ । यो कम्पनीमाथि बंगलादेशी कामदारहरूले शोषणका विभिन्न आरोप लगाएका थिए ।

कम्पनीमा खराब आवासीय अवस्था, पासपोर्ट जबर्जस्ती राखिदिने, कामकाजी परिस्थितिहरूको असुरक्षा, तलब चोरी गर्ने र स्वास्थ्य सहायता नदिने जस्ता गम्भीर समस्याहरू पर्छन् ।

कम्पनीमा समस्या रहेको भन्दै श्रमिकहरुले मेडिसराम कम्पनी बिरुद्ध गत अक्टोबरदेखि १७७ कामदारहरूले हडताल गरेपछि उक्त कम्पनीले जबर्जस्ती १०० भन्दा बढी कामदारहरूलाई बंगलादेश फर्काएको थियो ।

२६ डिसेम्बरमा, ९३ पूर्व मेडिसराम कामदारहरूको वकिलहरूले मलेशियाको सेरेंबान उच्च अदालतमा आपतकालीन निषेधाज्ञा दायर गरेका थिएच । अदालतले ती कामदारहरूको पक्षमा निर्णय गर्दै, मेडिसरामलाई अझै थप कामदारहरूलाई बंगलादेश फर्काउन प्रतिबन्ध लगाएको छ ।

प्रवासी कल्याण नेटवर्क (MWN) का अनुसार, “यो निर्णय प्रवासी कामदारहरूको अधिकारको रक्षा गर्न ठूलो कदम हो । मेडिसराम कम्पनीको शोषण र दासत्वमा पीडित कामदारहरूले अब अदालतको कानूनी प्रक्रिया मार्फत न्यायको खोजी गर्न पाउनेछन्।”

यद्यपि, मेडिसराम कम्पनीका एजेण्टहरूद्वारा ती कामदारहरूको अवैध रुपमा बंगलादेश फिर्ता गर्ने प्रयास जारी रहेको छ । मलेशियाली र बंगलादेशी सरकारी अधिकारीहरू, जसले यस केसको समाधानमा समन्वय गर्नका लागि प्रयास गर्नु पर्ने कुरा MWN ले जोड दिएका छन्।

यो घटनाले मलेशियाली र बंगलादेशी सरकारहरूका लागि चुनौतीको सामना गर्दै, प्रवासी कामदारहरूको मानव अधिकारको रक्षा र शोषण विरुद्ध संघर्षलाई अझ मजबुत बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ