Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज २४ गते, दिउँसो १:२६ बजे खेलकुद, खोटाङ्ग - KTG

होलेसुङ–जनकराज गोल्डकप: आठ टिम क्वाटरफाईनलमा प्रवेश

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/असोज २४, खोटाङ । होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको पाँचौ दिनमा आठ टिम क्वाटरफाईनलमा पुगेका छन् ।

साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा हलेसी तुवाचुङ नगरपालिका पाँचस्थिगत कृष्णराम–मोतीप्रसाद राई रंगशालामा भईरहेको गोल्डकपमा सोमवार नवलपुर एनवाईसी फुटवल क्लवलाई चुमाखु फुटवल क्लवले ४ – ० र च्यास्मिटार फुटबल क्लवलाई ३ – २ गोल गर्दै महाविर फुटवल क्लवले जित हाँसिल गरेको छ ।

यस्तै, अर्को खेलमा ओम शिवशतिm हलेसीले ४ – १ अन्तरले रुपाकोट मझुवागढी मझुवागढी वुइपा र सप्तेश्वर भुक्तो युवा क्लवद्धारा ४ – २ गोलले साकेला गाउँपालिका रतन्छा पराजित भएका छन् ।

अहिलेसम्म हलेसी तुवाचुङ स्पोर्टस क्लव, जनज्योती क्लव कात्तिके हलेसी, साईनो युवा क्लव, महाविर फुटवल क्लव, चुमाखु फुटवल क्लव, सप्तेश्वर भुक्तो युवा क्लव, साकेला शिली फुटवल क्लव आयोजक, ओम शिवशतिm हलेसी, सप्तेश्वर भुक्तो युवा क्लव क्वाटरफाईनलमा पुगेका छन् ।

आजको पहिलो सेमिफानईल खेल हलेसी तुवाचुङ स्पोर्टस क्लव ए र जनज्योती युवा क्लव प्रतिस्पर्धामा उत्रिने आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनुभयो । २१ टिम सहभागी खेल आगामी २६ गते समापन हुदैछ ।