२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाए, कुन दलबाट को परे ?

२०७४, २४ आश्विन मंगलवार ०८:१९

इमरान खान/असोज २४, कपिलवस्तु । आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कपिलवस्तुका प्रमुख तीन दलले उम्मेदवारको नाम केन्द्रमा पठाएका छन । 

नेपाली कांग्रेस, नेकपा एमाले र ने.का.पा. माओवादी केन्द्रले जिल्लाबाट केन्द्रमा उम्मेदवारको नामावली सिफारिस गरेर पठाएका हुन । कपिलवस्तुमा प्रतिनिधि सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र रहेको छ । 

भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायको नाम नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ । उपाध्याय संगै सांसद अतहर कमाल र पूर्व राज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि प्रतिनिधिसभा सदस्यका सिफारिस भएको छ ।

भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायको नाम नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस त गरे तर उनी सर्वसम्मत रुपमा सिफारिस हुन सकेनन । त्यसतै गरि निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद सुरेन्द्रराज आचार्य तथा क्षेत्र नम्बर ३ बाट फोरम नेपाल पार्टि प्रत्याग गरि हालै कांग्रेस प्रवेश गरेका सांसद अभिषेक प्रताप साहको नाम सिफारिस गरिएको नेपाली कांग्रेस जिल्ला कार्यालयले जनाएको छ ।

 प्रदेश सभाको लागि १ क बाट दुर्गा सेन, ललित गुरुङ तथा विक्रम थापा त्यसतै गरि १ ख बाट ओजी अरसद, राजेश आचार्य, लोकराज शर्माको नाम पठाइएको छ । निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेशसभाका लागि पदम खनाल, जवाहर थारु, विष्णु गैरे र २ को ख बाट सुधाकर पाण्डे, राजु अर्यालको नाम उम्मेदवारका लागि केन्द्रमा सिफारिस गरिएको छ । 

त्यसतै गरि ३ को क मा अजय थापा, हुमाकान्त खनाल र ३ ख मा अकिल मियाको नाम पठाइएको छ । कांग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेश समानुपातिकका लागि ६० जनाको नाम सिफारिस गरी केन्द्रमा पठाएको छ ।

नेकपा एमालेबाट ? 

नेकपा एमालेको जिल्ला कमिटीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा सांसद बलराम अधिकारी, विष्णु पन्थी, हिरालाल पौडेल र शान्ता पौडेल रहेका छन । निर्वाचन क्षेत्र नम्बर २ बाट सांसद बृजेश कुमार गुप्ताको एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।

सांसद बृजेश कुमार गुप्ताले राजपा प्रत्याग गरि सूर्य चुनाव चिह्नमा लि लड्दैछन । त्यस्तैगरि प्रतिनिधि सभा तर्फको ३ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रबहादुर खत्री, अहमद अब्दुल रउफ, महादेव पोख्रेल, शुशीला खनाल र निशा विश्वकर्मा रहेका छन ।

प्रदेश सभातर्फको निर्वाचन क्षेत्र नम्बर १ को क मा कृष्ण पौडेल, जञ्जिरप्रसाद थारु, डम्मर शर्मा, सासंद विश्राम थारु र महिला मा शारदा पोख्रेलको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ को ख मा अजिजुर रहमान शेष, अर्सराद अहमद खाँ, जगन्नाथ कुर्मी चौधरी, फैजल खाँ र रामनयन यादव को नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्य तर्फ निर्वाचन क्षेत्र नम्बर २ को क मा दीर्घनारायण पाण्डे (पप्पु) को एकल नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ को क मा अर्जुन केसी, लंकबहादुर हमाल र हुमा पौडेलको नाम प्रदेश सभाको लागि सिफारिस भएको छ । 

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को ख मा एकल मिर्जा अरसद बेगको नाम सिफारिस गरिएको एमालेले जानकारी दिएको छ । प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नम्बर २ को ख मा केही समयपछि नाम सिफारिस गर्ने जनाएको छ ।

माओवादी केन्द्रबाट ?

नेकपा माओवादी केन्द्रले क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा हालका सासंद एवम सार्वजनिक लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ ।

क्षेत्र नं. २ बाट गिरीधारीलाल न्यौपाने र रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ । ३ नम्बर क्षेत्रबाट माओवादी स्थायी समिति सदस्य चक्रपाणि खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क बाट विष्णु बेल्बासे, ३ क बाट सन्तोषी पाण्डे र ख बाट जावेद मुसलमानको मात्रै टुंगो लागेको माओवादी नेताहरुले बताएका छन । 

स्रोतका अनुसार अन्य उम्मेदवारहरुको नाम टुंगो लगाउन बाँकी भएकाले क्षेत्र र नाम हेरफेर हुन सक्नेछ । यद्यपी एमाले, माओवादी र नयाँ शक्ति पार्टीको समीकरणका कारण कुन क्षेत्रबाट को लड्ने भन्नेमा जिल्ला तहमा छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन ।

नयाँ शक्ति पार्टीले पनि टुंग्यायो उम्मेदवार 

नया शक्ति पार्टी नेपाल कपिलवस्तुको छैठौं जिल्ला सचिवालयको बैठकले प्रतिनिधिसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र राम लौटन तिवारी, क्षेत्र नं. २ मा इन्द्रमणि पौडेल र क्षेत्र नं. ३ मा इलियास मुसलमानलाई उम्मेदवार बनाउने निणर्य गरेको छ । 

त्यसैगरी प्रदेशसभा तर्फ क्षेत्र नं. १ को क मा मेघनाथ पौडेल र ख मा सुरेन्द्र तिवारी, क्षेत्र नं. २ को क मा सन्तोष पाण्डे, ख मा राजेन्द्रमणि पाठक, क्षेत्र नं. ३ को क मा मसहुद खां नेपाली, ख मा देवबहादुर भुसाललाई सिफारिस गरिएको छ । 

त्यसैगरी प्रतिनिधिसभाको समानुपातिक तर्फ जिल्ला संयोजक नारायण खनाल, विष्णुहरि शर्मा, अब्दुल मोबिन मुसलमान, कुञ्ज विहारी चौधरी र मोहम्मद तौफिक खाँको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ । यता प्रदेश सभाको समानुपातिक तर्फ क्षेत्र नं. १ मा चोपलाल राहुल, इन्द्रमणि चौधरी र विन्द्रावती तिवारीको नाम सिफारिस गरिएको छ । 

त्यस्तै क्षेनं. २ तर्फ आत्माराम पौडेल र छविलाल हरिजन, क्षेत्र नं. ३ तर्फ मोहम्मद इस्हाक र मुकुट यादवको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको जिल्ला सचिवालय सदस्य मेघनाथ पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो