Skip to content
Friday, July 17, 2026 Nepali Online Media

भन्सार कार्यालय का कर्मचारी को मिलोमतो मा तस्करी

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, कञ्चनपुर । गतेपश्चिमी नाका गड्डाचौकी मा चाड पर्ब का बेला भारत बाट नेपाल तर्फ कपडा को तस्करी बढ्यो ।

ससस्त्र प्रहरी द्धारा भन्सार छलि गरी चोरी पैठारी गरी तस्करी भईरहेको अवैध कपडा बरामद । सोमबार राती शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीले भीमदत्त नगरपालिका–५ बनगाउ क्षेत्रबाट अवैध रुपमा लगिदै गरेको कपडा म्याजिक गाडी बाट बरामद गरेको हो ।

ससस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म गड्डाचौकीका प्रहरी नायब उपरिक्षक प्रेम प्रशाद पाण्डेयले विषेश सूचनाका आधारमा भन्सार छली गरेको समान बरामद गरि भन्सार बुझाएको बताए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक पाण्डेयले ४ सय ५१ थान कपडामा ३० थानको मात्रै भन्सार काटेको पाईएकाले शसस्त्रले उक्त समान बरामद गरेको बताए । उक्त समान २ लाख भन्दा बढि को रहेको पाण्डेय ले बताए ।केही दिन अघि पनि १२ सय ७० थान कपडा र अन्य सामाग्री गरी कुल ७ लाख बराबर समान सशस्त्र प्रहरी ले सोही क्षेत्र बाट बरामद गरेको थियो ।

भन्सार सुरक्षार्थी खटिएका सुरक्षाकर्मीले भारतीय बजार बनबासाबाट आएको पुरै समान राजस्व काट्नका लागि भन्सार कार्यालय परिसर भित्र पठाउँछन् । तर भन्सारका कर्मचारीले ब्यापारी संग मिलोमतो गरी घुस लिएर कम समानको मात्रै भन्सार काटेको शसस्त्र प्रहरी को दावि छ ।

भन्सार काट्ने कर्मचारीको लार्पबाही र घुस लिने गरेका कारण यस्ता तस्करी भईरहेको समेत भन्सार राजस्व सुरक्षार्थ खटिएका शसस्त्र प्रहरी बल भन्सार तथा राजस्व सुरक्षा गुल्म का प्रमुख को भनाई छ ।

भन्सारमा खटिएका कर्मचारीले बाहिरबाट आएमा पुरै समान भित्र पठाउने र भित्रबाट कति भन्सार काटेको बारे थाहै नहुने उनीहरुको भनाई छ । कञ्चनपुर भन्सार कार्यालय प्रमुख विकास कुमारले व्यवसायीको नियतका कारण बढि समानको कम भन्सार काटिएको बताए । ब्यपारी का यस्ता नियत ले गर्दा ब्यबसायी आफै फस्ने समेत कुमार ले बताए ।

भन्सार कर्मचारीको ब्यापारी संग कुनै पनि प्रकार को मिलोमतो र भंन्सार कर्मचारी को कुनै पनि प्रकार को कमजोरी नरहेको उनको दावि छ । भन्सार र भन्सारमा खटिएका सुरक्षा अधिकारीका अभिव्यक्तीले भन्सारमा सेटिङ्ग रुपमा का तस्करी भईरहेको व्यवसायीको आँकलन छ ।

भन्सारका कर्मचारीले बढि मात्रा मा रहेका समानको कम मात्रा मा भन्सार बनाएर घुस लिने गरेको र भन्सार राजस्व सुरक्ष्यार्थ खटिएका ससस्त्र प्रहरीले घुस नपाएको खण्डमा समान बरामद गर्ने गरेको उनीहरु दुवै पक्ष माथी आरोप लाग्दै आएको छ ।