असोज २५, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा रहेको तम्फुला बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले आर्थिक वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २५, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा रहेको तम्फुला बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले आर्थिक वर"/>

2026-06-18 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तम्फुला सहकारीको छैठौँ साधारण सभा सम्पन्न

2017-10-11


असोज २५, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा रहेको तम्फुला बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७३/०७४ को ५४ लाख २२ हजार १ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि ९६ लाख ६७ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट पास गरेको छ । 

तत्कालिन म्याङलुङ्ग र तम्फुला गाउँका ५ सय २५ घरधुरीका ६ सय १६ जना शेयर सदस्यहरु आवद्ध सहकारीको नियमित बचत २० लाख ७९ हजार पुगेको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष संस्थाको कारोबार दोब्बरले बढेको सहकारीका अध्यक्ष लोकेन्द्र लिम्बुले बताउनुभयो । आर्थिक वर्ष २०७२÷०७३ मा संस्थाको कारोबार २२ लाख ६४ हजार८ सय ५३  रुपैयाँ मात्रै रहेको थियो । 


साधारण सभाको अवसरमा सहकारी संस्थासँग सम्बद्ध रहेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सहित ९ जनालाई सम्मान समेत गरिएको छ । सहकारीको सेयर सदस्य समेत रहनुभएका म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, उपमेयर पार्वती सानु डाँगी, वडा नं. १० का अध्यक्ष होमबहादुर खापुङ, सदस्यहरु अगम बहादुर तामाङ र ललिता तुम्बाहाम्फेलाई सम्मान पत्रसहित खादा ओढाएर सम्मान गरिएको छ । 

यस्तै सहकारीमा उत्कृष्ट बचत गर्ने यामकुमार श्रेष्ठ, असल ऋणी तिलमाया सार्की, उत्कृष्ट शेयरकर्ता विमला नेपाल र उत्कृष्ट समुहको रुपमा नुमाफुङ समुह पुरस्कृत भएका छन् । 


सभामा संस्थाका सचिव विरबहादुर सुवेदीले सांगठनिक र लेखा समिति संयोजक आकाश विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । म्याङलुङ्ग नगरपालिकाका उपमेयर पार्वती सानु डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहकारीका अध्यक्ष लोकेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु