१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री नै चलाउँछिन् म्यानपावर ! यस्तो छ नयाँ तथ्य

२७ आश्विन २०७४, शुक्रबार ०२:१३

असोज २७, काठमाडौं । नेपालमा मेनपावर व्यवसायमा उच्च तहका राजनीतिक र प्रशासनिक निकायसँग पहुँच बनाएका व्यक्तिको संलग्नता नौलो होइन । उच्च तहका राजनीतिक र प्रशासनिक नेतृत्वसँग पहुँचका आधारमा धेरैले चलाइरहेको मेनपावर व्यवसायमा बहालवाला मन्त्रीसमेत सामेल भएको नयाँ तथ्य फेला परेको छ ।

उच्च पदको आडमा मेनपावर चलाउने व्यक्तिले सरकारी नीति, नियमलाई खुलमखुल्ला धज्जी उडाइरहेका छन् । मेनपावर व्यवसायमा उच्च तहका व्यक्तिको संलग्नता खुल्ने क्रममा वन तथा भूसंरक्षण राज्यमन्त्री कमलादेवी शर्माले मेनपावर सञ्चालन गरिरहेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्रीसमेत रहेकी शर्माले मन्त्रालयको जिम्मेवारी सम्हाले पनि मेनपावरको जिम्मेवारी छाडेकी छैनन् । बरु उनले पदको आडमा वैदेशिक रोजगार विभागले तोकेको जरिवाना तिर्न अटेरी गरिरहेकी छन् ।

तीन वर्षअघि श्रम तथा रोजगार मन्त्रालयद्वारा खाडीका ६ मुलुक र मलेसिया जाने कामदारको हकमा सुरु गरिएको निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन भए/नभएको जान्न विभागले माग गरेको विवरण नबुझाउनेमा पहुँचवाला व्यक्तिकै मेनपावर बढी छ । – नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन