पढ्न करिब 2 मिनेट लाग्छ

चिसाङ शेर्पा | असोज २७, खोटाङ | होलेसुङ –जनकराज राई मार्ग गोल्डकपको उपाधि ‘ओम शिवशक्ति युवा समाज हलेसी’ले आफ्ना पोल्टामा पारेका छन् । साकेला सिली फुटबल क्लब दुर्छिम खोटाङको आयोजनामा सञ्चालन भएको नगरपालिकाकै ठूलो धनराशीे गोल्डकपमा ओम शिवशक्ति युवा समाज हलेसीले हलेसी तुवाचुङ स्पोर्टस क्लवलाई ३ – ० गोल अन्तरले पराजित गर्दै गोल्डकपको उपाधी जितेको हो ।

विहिवार समापन भएको खेलका प्रथम विजयी टिम ओम शिवशक्ति युवा समाज हलेसीले रनिङ कपका साथमा नगद ५० हजार, दितीय हलेसी तुवाचुङ स्पोर्टस क्लवले २५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । हलेसी तुवाचुङ नगरपालिका पाँचस्थिगत कृष्णराम–मोतीप्रसाद राई रंगशालामा सञ्चालित गोल्डकपमा सेमिफाईनल खेलवाट वाहिरिएका साईनो युवा क्लव र सप्तेश्वर भुक्तो युवा क्लवले दश/दश हजार नगद तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, खेलका उत्कृष्ट गोल किपर ओम शिवशक्ति युवा समाज हलेसीका सुजन गुरुङ, सोही टिमका सर्वाधिक गोलकर्ता समिर खड्का, डिफेण्डर गोपाल लिम्बु साईनो युवा क्लव, मिड फिल्डर साईनो युवा क्लव सञ्जय तामाङ, स्ट्राईकर प्रवेश राई हलेसी तुवाचुङ स्पोर्टस क्लव, सोही टिमका छोटो समयका गोलकर्ता प्रवेश राई र ओम शिवशक्ति युवा समाज हलेसीका नरेश श्रेष्ठ उत्कृष्ट कोच ठहरिएका रहेका थिए । सवै उत्कृष्ठ खेलाडीहरुले ‘अमृता अदिलसेर राई मुइमा लाम वेष्ट’ नामक वेस्ट अवार्डवाट जनही दुई/दुई हजार, मेडल र प्रमाणपत्र पाएका छन् ।

विजयी खेलाडीलाई वधाईका साथमा हलेसी तुवाचुङ नगरपालिकाका उप – प्रमुख विमला राई र सोही नगरपालिका पाँचका वडाध्यक्ष रमेश तिवारी र होलेसुङ – जनकराज राई मार्ग गोल्डकपका प्रायोजक जनकराज राईले विजयी टिम तथा उत्कृष्ट खेलाडीहरुलाई वधाईसहित पुरस्कार वितरण गरेका थिए ।

गत असोज २० गतेवाट सुरु भएको खेलमा २१ टिमले सहभागिता जनाएका आयोजक साकेला शिली फुटवल क्लवका अध्यक्ष कमल चाम्लिङले जानकारी दिनभयो ।