2026-10-15 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा संस्थानको चामल फालाफाल

नन्दराम जैशी | असोज २८, जुम्ला | जुम्लामा नेपाल खाद्य संस्थानको चामल प्रयाप्त मात्रामा मौज्दात रहेको छ । संस्थानको शाखा कार्यालय जुम्ला एरपोर्ट र जिल्लाका दुइवटा डिपो जुम्लाकोट र धापामा संस्थानको चामल प्रयाप्त मात्रामा मौज्दात रहेको हो ।

नजिकिदै गरेको तिहारमा चामल अभाव नहुने भन्दै उपभोक्तालाइ आवाश्यक परे अनुसारको चालम जिल्लामा मौज्दात रहेको संस्थानका शाखा प्रमुख रण बहादुर एैरले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थानको शाखा कार्यालयमा मात्र गत बर्षको २ सय क्वीन्टल चालम अझै मौज्दात रहेको छ । भने यस बर्षको २ सय ७० क्वीन्टल चामल मौज्दात छ । जम्मा ६ हजार क्वीन्टल बार्षिक कोटा रहेको संस्थानको शाखा कार्यालयमा हालसम्म २ सय ७० क्वीन्टल मात्र चामल आयात भएको छ । त्यस्तै जिल्लाका ग्रामिण उपभोक्ताइ लक्षीत गरी संचालनमा रहेका दुई वटा डिपोमा ४ हजार क्वीन्टल बार्षिक चालमको कोटा रहेकोमा चामल आयात हुदै मौज्दात गर्ने कार्य जारी रहेको संस्थानले जनाएको छ । नेपालगंज, राजापुर र सुर्खेतबाट संस्थानको चामल जुम्लामा आयात भैरहेको हो । विगतका बर्षहरुको तुलनामा यस बर्षको हालसम्म संस्थानको चामल खरीद गर्नेको संस्या न्युन रहेको छ । ब्यापारीक प्रतिस्पर्धाका कारण ग्रामिण बजारमा सहजै चामल उपलब्ध हुन थालेपछि संस्थानको चामल खरीद गर्नेको दर घट्दै गएको अनुमान छ ।                            

यसैबिच तिहार नजिकिदै गर्दा यो समयमा भने संस्थान शाखा कार्यालयबाट चामल खरीद गर्ने उपभोत्ताहरु बढेका छन् । तिहार नजिकिदै गर्दा संस्थानबाट चामल खरीद गरी उपभोत्ताहरुले खाद्यन्नको जोहो गर्न थालेका हुन् । गत साउन महिनादेखि दशै, तिहारको यो अवधिसम्म संस्थानबाट दैनिक ५ देखि १० क्वीन्टलसम्म चामल बिक्रि हुने गरेको शाखा प्रमुख रण बहादुर एैरले बताउनुभयो । उहाका अनुसार तिहार अवधिभर जुम्ला जिल्लामा चाहिने आवाश्यक खाद्यन्न जिल्लामा प्रयाप्त रुपमा मौज्दात रहेको छ । जसमा अरुवा मोटो, मकवानपुर र बंगलादेशि उसिना ब्राण्डको चामल रहेको छ । साथै चालु आर्थिक बर्षको चामल पनि जुम्लामा आयात हुन थालेको छ ।          

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु