३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

यस्तो गाउँ जहाँ देउसी भैलो खेल्न पाइँदैन

२ कार्तिक २०७४, बिहीबार ०५:३४

कात्तिक २, जाजरकोट (रासस) | जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । 

लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनाँै समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षांैदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने समूह आउन पाउँदैनन् । अन्य भैली खेल्ने टोली आएमा महादेवको भैलोले असर गर्ने भएकाले लैखम गाउँमा भैली, देउसी खेल्ने युवायुवती आउन नपाउने विगतदेखिको सामाजिक परम्परा नै रहेको लैखमका जयबहादुर खत्रीले बताउनुभयो । 

महादेवको भैलो खेल्दा प्रत्येक दुई वर्षमा विशेष समूह बनाएर एक महिनासम्म खेल्ने र अन्त्यमा भैलो अन्त्य वा मार्ने गरिन्छ । भैलो मार्दा बेहुला, बेहुली बनाई कृत्रिम विवाह गराउने गरिन्छ । यो भैलो हेर्न जिल्लाका अधिकांश गाउँबाट लैखममा दर्शक पुग्ने गर्दछन् । 

लैखमका प्रत्येक घरबाट भैलो मनाउनका लागि रकम र चामल संकलन गरिन्छ । बाटोमा हिँड्ने यात्रुबाट पनि रकम उठाउने गरिन्छ । यात्रुले भैलोलाई पैसा दिएबापत घरेलु अन्नबाट बनेको विशेष मिठाई दिने चलनसमेत रहेको छ । लैखममा अहिलेसम्म दलित बस्ती बस्न सकेको छैन । 

दलितले यो गाउँमा बस्ने बित्तिकै अनिष्ट हुने विश्वासका कारण बस्न नसकेको खत्रीको भनाइ छ । गाउँमा रमाइलोका लागि नभई देवतालाई खुशी बनाउन महादेवको भैलो प्रत्येक दुई वर्षमा एक पटक खेल्ने गरिन्छ । 

यो पर्व मनाउन छाडेमा महादेवले हानि गर्ने भएकाले आफूहरु यस्तो कार्य गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो इजरायली प्रधानमन्त्री नेतन्याहुको घरमा फेरि आक्रमण