२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीको लागि म्यानपावर धाउनेहरु सावधान ! म्यानपावरले यसरी फसाउला

२ कार्तिक २०७४, बिहीबार १५:५५

कात्तिक २, काठमाडौं | बैदेशिक रोजगारीको क्रममा म्यानपावर धाउनेहरुलाई म्यानपावरले अब नयाँ तरिकाले ठग्ने उपाय रचेका छन् । विदेश जान चाहने कामदारहरुलाई कानुनी रूपमा वैदेशिक रोजगारीमा पठाउने अनुमति पाएका म्यानपावर सञ्चालकहरुले नै भिजिट भिसाको धन्दा चलाउने गरिएको पाईएको छ । 

पछिल्लो समय बिदेशिक रोजगारी भन्दा भिजिट भिसामा कामदार पठाउने काम फाइदा हुने देखेपछी म्यानपावर संचालकहरु यस्तो धन्दामा लागेका हुन् । संचालकहरुले बैदेशिक रोजगारीका लागि आएका व्यक्तिहरुलाई बिभिन्न प्रलोभन देखाई  खाडी मुलुक पठाउने र उनीहरूबाट ठूलो रकम असुली गर्ने धन्दा संचालन गरेको भेटिएको हो । यसै अभियोगमा प्रहरीले पान्डोरा टिम कर्पोरेसनका सञ्चालक ईश्वर भण्डारीलाई पक्राउ गरेपछि भिजिट भिसा चलाइरहेको गिरोहबारेको तथ्य खुलेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोले बागलुङको हटिया घर भई पान्डोरा टिम कर्पोरेसन मेनपावर सञ्चालन गरिहेका भण्डारीसहित सोही मेनपावरका लागि एजेन्टको काम गरिरहेका विर्घमान गुरुङ, राजु घले र भानु ढकाललाई पनि पक्राउ गरेको हो । उनीहरु मध्ये भानु ढकाल भने ट्राभल सञ्चालक हुन् । उनीहरुलाई १६ जनालाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पारेको अभियोग लागेको थियो । म्यानपावरले राम्रो पारिश्रमिकको लोभ देखाई भिजिट भिसामा संयुक्त अरब इमिरेट्स पठाएको थियो । तर त्यहाँ लागेपछी नत रोजगारी दियो नत यता म्यानपावरले भनेजस्तो नै भयो  । यसैक्रममा उनीहरू अलपत्र परेपछि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) र एनआरएनए युएई शाखाको सहयोगमा नेपाल फर्काइएको थियो ।

म्यानपावर संचालन गर्ने तर डिमाण्ड झार्न नसके पछी यस्तो गिरोहमा लागेका म्यानपावरहरु नेपालमा प्रसस्त रहेको बताइएको छ  । भिजिट भिसामा पठाइएका केहि व्यक्तिहरु भने त्यहाँ पुगेपछि बिभिन्न कम्पनीमा अन्तर्वार्ता दिएर पास हुने र आवश्यक कागजात बनाएर बैध रुपमा काम गर्न सक्छन तर धेरैजसोलाई भने समस्या हुन्छ । रोजगारदाता देशमा पेसा तथा राम्रो भाषाको ज्ञान नभएकाहरुले रोजगारी पाउन गाह्रो हुने हुँदा अलपत्र पर्ने गरेका छन् ।

अबैध कामदारको अलावा म्यानपावरहरुमा डलर र एक म्यानपावरको डिमाण्डमा अर्कोले कमिसन खाएर समेत पठाउने गरिएको छ । यसरी कमिसन माथि कमिसन खुवाउनु पर्दा निशुल्क भिषा तथा टिकटको ब्यबस्था समेत लागु हुन सकेको छैन । 

भिजिट भिषामा शिक्षितहरु फस्ने गरेका छन् । म्यानावरले बढी कमाउने आशा देखाई रकम अशुली गरेर भिजिट भिषामा विदेश पठाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य