कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक ..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक ..."/>

३ मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लेबनानसँग पनि श्रम सम्झौता !

८ कार्तिक २०७४, बुधबार ०३:४०

कात्तिक ८, काठमाडौँ | नेपाल सरकारले तेश्रो पटक अब लेवनानसँग श्रम सम्झौताको लागि पहल थाल्ने भएको छ । नेपालले यस अघि कतार र जोर्डनसँग श्रम सम्झौता गरिसकेको छ । 

इजिप्टस्थित नेपाली दूतावासले लेबनानसँग श्रम सम्झौता गर्न पहल सुरु गरको हो । लेबनानका लागि गैरआवासीय राजदूत झवीन्द्र अर्यालले त्यहाँका राष्ट्रपति माइकल औनसमक्ष ओहदाको प्रमाणपत्र बुझाउने क्रममा श्रम सम्झौताको प्रक्रिया अघि बढाउने पहल गरका हुन् । अर्याल इजिप्टस्थित नेपाली राजदूत हुन्।

लेवनानसँगको श्रम सम्झौतापछी त्यहाँ जाने नेपाली कामदारलाई ठुलो राहत मिल्ने अधिकारीहरुको विश्वास रहेको छ । श्रम सम्झौतासँगै बिदामा घर आउने नेपालीहरुले समेत उक्त देशमा काममा फर्कन सक्ने तथा तोकिएको सेवा सुबिधा तथा सुरक्षा लगायतको बिषयमा कामदारहरुलाई राहत मिल्नेछ । त्यहाँको दुतावासका अनुसार अवैध भएर घर फर्किन नसकेका केही नेपाली नागरिकको फिर्ता प्रक्रिया र वैध रूपमा काम गरिरहेकाको हकमा पुनः त्यहाँ गएर काम गर्न पाउने व्यवस्था मिलाउने कार्य अघि बढाउन लागिएको छ । 

लेबनानमा नेपाली महिलाहरू घरायसी काममा छन् भने युवकहरू विभिन्न कम्पनीमा कार्यरत छन । त्यहाँ १२ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । नेपालले लेवनानसँग श्रम सम्झौताको लागि पहल गरेको कुरामा त्यहाँका अधिकारीहरु समेत सकारात्मक देखिएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार मुद्दामा सफाइ पाएका पूर्व मुख्यसचिव अर्यालले दिए राजीनामा ‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप पाँच दिनपछि उठाइयो नगरकोटी दप्पतीको शव, ५२ लाख क्षतिपूर्ति दिने सहमति कर्मचारी कार्यालय पुगिसकेपछि सार्वजनिक बिदा आज बढ्यो सुनचाँदीको भाउ! पृथ्वीराजमार्ग आजदेखि २० दिनसम्म दैनिक चार घण्टा बन्द हुने महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने उप–निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने दुईवटा संसदीय समितिको बैठक बस्दै ,यस्ता छन् कार्यसूची युइएफए नेसन्स लिगमा इंग्ल्याण्डको ५–० गोलको फराकिलो जित मन्त्रिपरिषदको बैठक आज बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर सानोगौचरणमा श्रद्धाञ्जलीका लागि राखिँदै आजको मौसमः देशका अधिकांश भूभागको मौसम सफा रहने राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतले लिए शपथ रास्वपाले मंसिर ८ गतेदेखि देशब्यापी आन्दोलन गर्ने तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते राष्ट्र बैंकले अर्थ मन्त्रालयमा पेश गरेको प्रतिवेदनमा के छ ? बिराटनगर किङ्ग्सको ब्राण्ड एम्बेसडर बने दयाहाङ राई रवि लामिछानेलाई भेट्न नपाएपछि कास्की प्रहरीविरुद्ध मानवअधिकार आयोगमा उजुरी