९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा दुबै गठबन्धनका छुट्टा छुट्टै भेला

१३ कार्तिक २०७४, सोमबार ०२:३९

दलसिंह गिरी/कात्तिक १३, कालिकोट । आउदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पहिलो पार्टी बन्ने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच होडवाजी चलेको छ । 

प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला निर्वाचन आयोगमा उम्मेदारी दर्तासंगै आ आफ्नो प्रचार प्रसारमा तम्सिएका २ गठबन्धनहरुबीच आफ्नो पल्लाभारी बनाउने होडबाजी चलेको हो ।

दुई गठबन्धनबीच शुक्रबार जिल्ला सदरमुकाम मान्ममा छुट्टाछुट्टै कार्यकर्ता भेला सम्पन्न गरेका छन् । लोकतान्त्रिक गठबन्धनको नेतृत्व लिएको नेपाली काँग्रेसका जिल्ला सभापति हर्षबहादुर बमको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न भएको छ भने उता बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमाले र एमाओवादीको संयुक्त आयोजनामा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

आगामी निर्वाचनमा आआफ्ना उम्मेदारहरुलाई जिताउन जनताहरुमाझ कसरी जाने भन्ने विषयमा कार्यकर्ताहरुबाट रायसुझाब संकलन तथा निर्वाचन प्रचार प्रसारमा पार्टीले तय गरेको रणनैतिक योजनाबारे छलफल गर्न भेलाको आयोजना गरेको दुबै गठबन्धनले जनाएका छन् ।

भेलाको सम्बोधन गर्दै नेपाली कांगे्रसका सभापती हर्षबहादुर बमले बिगत २०४६ सालदेखि काँग्रेसले हरेक निर्वाचनमा कालिकोटबाट पराजय सामना गरिरहनु परेका बेला अहिलेको निर्वाचनका लागि भएको बाम गठबन्धनले काँग्रेसलाई थप बलियो बनाएको दावी गरे । अहिलेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कालिकोटबाट जनताहरुले चाहेकै युवा नेता अगाडी बढाएकाले पनि कालिकोटमा काँग्रेस एक भएको अनुभुति दिलाएको बमले बताउनु भएको छ ।

विगतको गुट कांग्रेसबाट एक जुट कांग्रेस बनेको भन्दै लोकतान्त्रीक फोरमका केन्द्रीय सदस्य मैया मल्ल, कालिकोट जिल्ला अध्यक्ष शिवलाल रोकाया नयाँशक्ति पार्टी नेपालका राज्यलक्ष्मी शाहीलगायत अन्य पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो