2026-07-26 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा दुबै गठबन्धनका छुट्टा-छुट्टै भेला

दलसिंह गिरी | कात्तिक १३, कालिकोट | आउँदो मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट पहिलो पार्टी बन्ने लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच होडवाजी चलेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि जिल्ला निर्वाचन आयोगमा उम्मेदारी दर्तासँगै आ-आफ्नो प्रचार-प्रसारमा तम्सिएका २ गठबन्धनहरुबीच आफ्नो पल्लाभारी बनाउने होडबाजी चलेको हो ।

दुई गठबन्धनबीच शुक्रबार जिल्ला सदरमुकाम मान्ममा छुट्टाछुट्टै कार्यकर्ता भेला सम्पन्न गरेका छन् । लोकतान्त्रिक गठबन्धनको नेतृत्व लिएको नेपाली काँग्रेसका जिल्ला सभापति हर्षबहादुर बमको अध्यक्षतामा कार्यकर्ता भेला सम्पन्न भएको छ भने उता बाम गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमाले र एमाओवादीको संयुक्त आयोजनामा कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

आगामी निर्वाचनमा आआफ्ना उम्मेदारहरुलाई जिताउन जनताहरुमाझ कसरी जाने भन्ने विषयमा कार्यकर्ताहरुबाट रायसुझाब संकलन तथा निर्वाचन प्रचार प्रसारमा पार्टीले तय गरेको रणनैतिक योजनाबारे छलफल गर्न भेलाको आयोजना गरेको दुबै गठबन्धनले जनाएका छन् ।

भेलाको सम्बोधन गर्दै नेपाली कांगे्रसका सभापती हर्षबहादुर बमले बिगत २०४६ सालदेखि काँग्रेसले हरेक निर्वाचनमा कालिकोटबाट पराजय सामना गरिरहनु परेका बेला अहिलेको निर्वाचनका लागि भएको बाम गठबन्धनले काँग्रेसलाई थप बलियो बनाएको दावी गरे । अहिलेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि कालिकोटबाट जनताहरुले चाहेकै युवा नेता अगाडी बढाएकाले पनि कालिकोटमा काँग्रेस एक भएको अनुभुति दिलाएको बमले बताउनु भएको छ ।

विगतको गुट कांग्रेसबाट एक जुट कांग्रेस बनेको भन्दै लोकतान्त्रीक फोरमका केन्द्रीय सदस्य मैया मल्ल, कालिकोट जिल्ला अध्यक्ष शिवलाल रोकाया नयाँशक्ति पार्टी नेपालका राज्यलक्ष्मी शाहीलगायत अन्य पार्टीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ