Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टीकापुरमा कमलहरी प्रथा अझै अन्त्य भएन

२०७४, १३ कार्तिक सोमबार १२:५१

कार्तिक १३, टीकापुर । कैलालीको टीकापुरमा कमलहरी प्रथा अझै पनि अन्त्य हुन सकेको छैन । 

तर नेताहरु तथा अन्य भलादमिहरुले आफ्नो भाषणमा मात्र कमलहरी प्रथा अन्त्य भएको कुरा बिभिन्न कार्यक्रममा भन्दै आएका छन् ।

कार्तिक १२ गते आईतबार टिकापुर नगरपालिका वडा न १ मा वडा कार्यलयका कर्मचारीहरुलाइ काम गर्न हम्मेहम्मे परिरहेको बेला एकहुल थारु युवतीहरुको भिड लागेको थियो । दिनहुँ जसो कार्यलयमा आउने थुप्रै सेवाग्राहीहरु आ-आफ्नो पालो कुरेर बसिरहेका हुन्थे, त्यही हुल आफूलाई कमलहरी भएको प्रमाणित गर्न थुप्रै कमलहरी युवतीहरु घण्टौसम्म उभिरहेका थिए ।


नेपालबाट कमलरि प्रथा उन्मुलन भईसकेको सरिकारि तथ्यांकले जनाए पनि टीकापुर जस्तो बिकाशोन्मुख सहरमा ती कमलहरीहरुले आफु कमलहरी  भएको कुरा प्रमाणित गर्न आएको देखेपछि उपस्थित सेवाग्राही पनि अचम्मित भएको प्रत्यक्षदर्शी तथा सुदूर पत्र साप्ताहिकका सम्पादक धनञ्जय न्यौपानेले जानकारी दिनुभयो । 

नेपालबाटै उन्मूलन भइसकेको कमलहरी प्रथा टीकापुर क्षेत्रमा पनि बर्तमान अबस्थामा रहेको कुरा अहिलेसम्म सुन्नमा आएको छैन तर पनि सरकारले र टीकापुर क्षेत्रका नेता तथा ठुलाबडाले बिना खोजी कमलरि प्रथा अन्त्य भएको कुरा बारम्बार दोहोर्याइ रहदा कमलरि प्रथा उन्मूलन नभई अब झन बढ़ने जस्तो देखिन्छ । 

 वडा कार्यलय पुगेका यी थारु युवतीका कुराहरुलाई बुझ्दा कमलहरी भएको प्रमाणपत्र नगरपालिकाले आफ्नो हातमा थमाई दिए राज्यले आफुहरुलाई केहि सेवा सुबिधा दिने थियो की भन्ने मात्र हो । 

चिन्तित र दुखी मुद्रामा देखिएका ती थारु युवतीहरुले अझै सम्म आफु कमलरी जीवन बिताई रहेको तर नगरपालिका र राज्यले कुनै पहल नगरेका कारण अब वडा कार्यलय सम्म पुग्नु परेको एक युवतिले बताइन । ति युवतीले नगरपालिका र नेताहरुले राज्यसंग झूट बोलेर कमलरि प्रथालाई भित्र भित्रै लुकाई राखेको आरोप समेत लगाउनु भयो । यज्ञराज उपाध्यायको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित