2026-10-18 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तेह्रथुममा रेडक्रसको एम्बुलेन्स सेवा पुनः सुचारु

कात्तिक १४, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित नेपाल रेडक्रस सोसाइटी, पोखरी उपशाखाले सन्चालन गरेको एम्बुलेन्स सेवा पुनःसुचारु भएको छ । करिब चार महिनाअघि एम्बुलेन्सको पार्ट पुर्जा बिग्रिएर र चालकको अभाव भएर एम्बुलेन्सको सेवा ठप्प भएको थियो । 

एम्बुलेन्स मर्मत गरी चालकको समेत व्यवस्था गरी आइतबारबाट एम्बुलेन्सको सेवा पुनः सूचारु गरिएको सोसाइटीका उपशाखा सभापति भीमप्रसाद घिमिरेले बताउनुभयो । अब रेडक्रसको बिरामीवाहक को १ च ७२८६ नम्बरको एम्बुलेन्सको सेवा आठराई क्षेत्रका बासिन्दाले पुनः प्राप्त गर्ने भएका हुन् । रेडक्रस उपशाखाले करिब दुई वर्षयता एम्बुलेन्स सेवा सन्चालन गर्दै आएको छ । 

सेवामुलक हिसावले सन्चालन गरेको एम्बुलेन्सबाट आएको आम्दानीले एम्बुलेन्सको मर्मत नै गर्न नपुग्ने भएपछि समस्या हुन थालेको स्थानीयले बताएका छन् । एम्बुलेन्सबाट आठराई गाउँपालिका अर्थात् साविकका इवा, छातेढुंगा, ह्वाकु, चुहानडाँडा, थोक्लुङ, सक्रान्ति, खाम्लालुङ लगायत गाउँका बासिन्दाले सेवा प्राप्त गर्दै आएका छन् । 

एम्बुलेन्स आवश्यक पर्दा उपशाखा सभापति भीमप्रसाद घिमिरेको मोवाइल नं. ९८४३६२४७४० र ९८४२४३२९०९ तथा एम्बुलेन्स चालकको मोवाइल नं. ९८२४०६८७९५ र ९८६१५०२८१८ मा सम्पर्क गर्न सकिने बताइएको छ । आठराई गाउँपालिकामा अहिले दुई वटा एम्बुलेन्स भएका छन् । यही वर्षबाट मात्रै प्राथमिक स्वास्थ्य केन्द्र, सक्रान्तिबजारले पनि एम्बुलेन्स सेवा सुचारु गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु