१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पर्वतका बैकहरुले यस्तो समेत गर्दा रहेछन् -भिडियो सहित

१४ कार्तिक २०७४, मंगलवार ०६:२१

एभरेष्ट दियो बालमन्दिरलाई प्रिन्टरपर्वत । एभरेष्ट बैक जिल्ला शाखा पर्वतले बाल मन्दिर प्राविलाई एक थान प्रिन्टर र शैक्षिक सामाग्री प्रदान गरेको छ । आफ्नो स्थापना कालको २३ औं बार्षिक उत्सवको अबसर पारे कुश्मा नगरपालिका ५ मा रहेको बालमन्दिर प्राविलाई सोमबार प्रिन्टर हस्तान्तर गरेको हो ।बैकका शाखा प्रबन्धक शिवराज तिमिल्सीनाले उक्त प्रिन्टर विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्मा र प्रधानाध्यापकलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए ।


कार्यक्रममा बोल्दै शाखा प्रबन्धक तिमिल्सीनाले बैकको  सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त प्रिन्टर सहयोग गरेको बताए । बार्षिक उत्सवको अबसर पारेर आफ्नो क्षेत्रमा रहेका गरिब तथा विपन्न, दलित समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाइ सहयोग गर्ने सोचका साथ बालमन्दिरलाई सहयोग प्रदान गरेको बताए । उनले बैक नाफा र लगानी गर्नको लागि मात्रै नभइ समाजमा आफ्नो उत्तरदायी भूमिका निर्वाह गर्नको लागि समेत सक्रिय छन् भन्ने यसले सन्देश दिने बताए ।

जिल्ला बाल संगठन पर्वतका सभापति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माले बैकले गरेको सहयोग विद्यालयको लागि अतुलनीय भएको बताए । उनले बैकले दिएको प्रिन्टर विद्यालयले सहि सदुपयोग गर्ने जनाए ।विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यसभन्दा पनि अघिल्लो समयमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले समेत सहयोग गरेको स्मरण गरे । सदरमुकाम कुश्माभित्र रहेर पनि पछि परेको विद्यालयको विकास र गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आफूहरु सक्रिय रुपमा लागि परेको बताए ।

 

कार्यक्रममा कुनपा ५ की वडा अध्यक्ष चित्रकला भारतीले विद्यालयलाई वडा कार्यालयले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । उनले कुश्मा बजारमै भएर पनि ओझेलमा परेको भन्दै विद्यालयको शैक्षिक र भौतिक विकास पूर्वधार निर्माणको लागि सक्दो सहयोग गर्ने बताइन ।  कार्यक्रमको स्वागत विद्यालय व्यवस्थापन समितिका सल्लाहकार कमलनाथ पोख्रेलले गरेका थिए ।

देवविकासले दियो  दुर्घटना विमा भुक्तानी 


देव विकास बैक  जिल्ला शाखा पर्वतले यहाँका एक सेवाग्राहीलाई व्यक्तिगत दुर्घटना विमा बापतको रकम प्रदान गरेको छ । मोदी गाउँपालिका २ (देउपुर ८) घर भइ हाल कालिका नगरपालिका १२ ( साविक पदमपुर ६) बस्ने भिमप्रसाद शर्माको बाघको आक्रमणबाट मृत्यु भएपछि बैकले व्यक्तिगत दुर्घटनाबापत उनकी श्रीमती चन्द्रमाया भण्डारी शर्मालाई एक लाख बराबरको चेक प्रदान गरेको हो । शर्माको बाघको आक्रमणमा परी २०७३ फागुन ११ गते ज्यान गएको थियो ।

शर्माको परिवारलाई जिल्ला प्रशासन कार्यालय पर्वतका निमित्त प्रमुख डिल्लीराम पौडेलले चेक हस्तान्तरण गरेकोको पर्वत शाखाका प्रबन्धक केदारनाथ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली