मेलाक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मेलाक"/>

2026-09-15 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसिपुरको विकट ठाउँमा हरिबोधनिमा लाग्ने मेला सम्पन्न

कात्तिक १४, दाङ । परापूर्वकालदेखि नै हरिबोधनि एकादशीको अवसरमा लाग्ने मेला दाङ तुलसिपुर उपमहानगरपालिकाको वडा नम्बर ३ कल्लेराम्रीकोटमा सम्पन्न भएको छ । 

मेलाको अवसरमा कल्लेमा रहेको नवज्योती सांस्कृतीक क्लवले भलिवल खेल प्रतियोगीता तथा सांस्कृतीक कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा वडा नम्बर ३ का वडाअध्यक्ष विजय बिकले तुलसिपुर उपमहानगरकै विकट र हरेक क्षेत्रमा पछाडी पारिएको आफ्नो वडाको कला, संस्कृती र भौतिक विकासमा लागी पर्ने बताएका थिए । हरेक मेलामा अव संस्कृती संरक्षणका प्रयासहरु हुनुपर्ने उल्लेख गर्दै उनले मेलामा स्थानीय क्लवलाइ २५ हजार रुपैयाँ सहयोगको घोषणा गरे ।

साथै वडा अध्यक्ष विकले यहि वर्ष पैयाँखोरे देखि सातबास, कल्ले सम्म तुलसिपुर उपमहानगरकै सकाभेटर र जेसीवि प्रयोग गरेर जसरि भएपनि मोटरबाटो निर्माण गरिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ वामपन्थी गठबन्धनबाट उम्मेद्धारमा सिफारिस भएका हिराचन्द्र केसीले बोल्दै संस्कृतीको माध्ययमबाट समाज परिवर्तन गर्न सकिने बताएका थिए । 

उनले खेल क्षेत्रको विकासका लागी भन्दै क्लवलाइ खेल सामग्रीहरु सहगोगको प्रतिबद्धता पनि गरेका थिए । कार्यक्रममा विविध सांस्कृतीक प्रस्तुती राखिएको नवज्योती सांस्कृतीक क्लवका अध्यक्ष राजु थापाले जानकारि दिए । 

विगत १५ वर्ष देखि मेलाको अवसरमा क्लवले सांस्कृतीक कार्यक्रम गर्दै आएको छ । मेलामा दाङका विभिन्न क्षेत्र संगै सल्यान र रोल्पाबाट पनि मानिसहरु जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ